१० माघ २०८१

आर्थिक

रोजगारीको हक सम्बन्धी विधेयक संसद्मा

काठमाडौँ, १८ भदौ ,,  प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । मन्त्री विष्टले योग्य युवालाई रोजगारी प्रदान गर्ने अभिप्रायले सरकारले रोजगारीको हक सम्बन्धी कानूनी...बाँकी अंश →


बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रमको निर्देशन

काठमाडौँ, १८ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध...बाँकी अंश →


पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

विराटनगर, १८ भदौ ,,   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा...बाँकी अंश →


अफ्रिकी लगानीलाई शर्तरहीत बनाएका छौं – चिनीया राष्ट्रपति

बेइजिङ, १८ भदौ ,,   चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिकी समकक्षी एवं व्यापारिक समुदायसँगको भेटवार्तामा अफ्रिकी महादेशमा हुने चिनीया लगानी “राजनीतिक स्वार्थप्रेरित” नरहेको स्पष्ट गर्नुभएको छ । विभिन्न मुलुकलाई उपलब्ध गराएको ऋणबाट निर्मित पूर्वाधारका कारण चिनीयाहरु हाबी भएको आरोप लाग्दै आएको समयमा राष्ट्रपति सीको उक्त भनाइ सार्वजनिक भएको हो । राष्ट्रपति...बाँकी अंश →


महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ ,, उपराष्ट्रपति

काठमाडौँ, १८ भदौ ,,   उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिनुभयो...बाँकी अंश →


‘धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ

राजविराज, १८ भदौ ,,   अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । “एकल...बाँकी अंश →


बिम्स्टेक सफल ,, सभापति देउवा

चितवन, १८ भदौ ,,   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव...बाँकी अंश →


रु ५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा, १८ भदौ ,,  नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ...बाँकी अंश →


नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको शेयर कमजोर

काठमाडौँ, १७ भदौ ,,    कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना...बाँकी अंश →


पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

वासिङ्टन, १७ भदौ ,,    संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ । अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु ध्वस्त पार्नेतर्फ दबाब दिइआएको छ, र...बाँकी अंश →


सार्कलाई गतिशील तुल्याउन श्रीलङ्का प्रतिबद्ध

काठमाडौँ, १७ भदौ ,,  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्क प्रक्रियालाई गतिशील तुल्याउन सक्दो सहयोग गरिने दृढता व्यक्त गर्नुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग स¬ङ्गठन (सार्क) सचिवालयको आज निरीक्षण गरेपछि महासचिवसहित आठ वटै देशका निर्देशकसँगको अन्तक्र्रियामा उहाँले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवद्र्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि...बाँकी अंश →


सवारी साधनमा राज्यको ढुकुटी रु ६ अर्ब खर्च

काठमाडौँ, १७ भदौ ,,    विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter