१० माघ २०८१

आर्थिक

निगमको मासिक घाटा बढ्यो

काठमाडौँ, १९ भदौ,,   अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ । गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने...बाँकी अंश →


शहरी विकास मन्त्रालयलाई विवरण पेश गर्न निर्देशन

काठमाडौँ, १९ भदौ ,,   प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई कार्यक्रम र योजनामा भएको खर्चको यथार्थ विवरण १५ दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आजको बैठकले मन्त्रालतअन्तर्गतका कार्यक्रममा भएको सम्पूर्ण खर्चको यथार्थ विवरण, खर्चअनुरुप कार्य सम्पादन हुन नसक्नुका कारण, लगानीअनुरुपको प्रतिफल नदेखिँदा अनियमितताको आशङ्का नगर्नुपर्ने...बाँकी अंश →


बिम्स्टेक क्षेत्रीय संगठन जोड्ने पुल,, प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ ,,    प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशिया र दक्षिण पूर्वी एशियाजस्ता संगठन जोड्ने पुल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा भाग लिन आउनुभएका बिम्स्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा गहन छलफल...बाँकी अंश →


बिम्स्टेक दूरगामी निर्णय गर्दैै सम्पन्न भयो–प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।...बाँकी अंश →


आवधिक योजनाका लागि नागरिक साझेदारी

काठमाडौँ, १९ भदौ,,    राष्ट्रिय योजना आयोगले आउँदो १५ औँ पञ्चवर्षीय योजनामा राष्ट्रिय विकासका लागि नागरिक समाजसँग प्रभावकारी साझेदारीको प्रबन्ध गर्ने भएको छ । चालु १४ औँ योजनाको समाप्तिपछि आगामी आर्थिक वर्षमा लागू हुने नयाँ आवधिक योजनामा पहिलो पटक नीतिगत संवाद र नागरिक साझेदारीको प्रबन्ध गर्न लागिएकोे हो । संविधानको...बाँकी अंश →


बिम्स्टेक सार्कको विकल्प होइन ,, प्रम

काठमाडौँ, १९ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई विस्थापित गर्न स्थापना नभएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यपछि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा कुनै देशकोे...बाँकी अंश →


अर्थमन्त्रीद्वारा भद्रपुर भन्सारको उद्घाटन

भद्रपुर, १९ भदौ ,,   अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताउनुभएको छ । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताउनुभएको हो । बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उहाँले...बाँकी अंश →


सवारीसाधन पार्किङ शुल्क नलिइने

नेपालगञ्ज १९ भदौ ,,   सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ । नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो । हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई...बाँकी अंश →


दुग्ध चिस्यान केन्द्र स्थापना

जाजरकोट, १९ भदौ ,,   जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो । जिल्लामा भएको दूध सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि...बाँकी अंश →


बिम्स्टेक शिखर सम्मेलन फलदायी भयो ,, प्रधानमन्त्री

काठमाण्डौँ, १८ भदौ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन फलदायी भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बिम्स्टेक सम्मेलन...बाँकी अंश →


नेपाली र चिनियाँ अधिकारीद्वारा तातोपानी र खासा अवलोकन

चौतारा, १८ भदौ ,,   विसं २०७२ को भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकखण्ड र झिर्पुमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको चिनियाँ अधिकारीद्वारा आइतबार अवलोकन गरेका छन् । त्यसैगरी नेपाली अधिकारीले पनि सोमबार तिब्बतको खासा क्षेत्रको अवलोकन गरेका छन् । चिनियाँ पक्षका तर्फबाट तिब्बत स्वशासित प्रदेशका भाइस सेक्रेटरी जनरल छुन–लिले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा...बाँकी अंश →


तराई–मधेशको विकासका लागि सरकार प्रतिबद्ध–अर्थमन्त्री खतिवडा

राजविराज, १८ भदौ ,,  अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter