काठमाडौँ, २४ भदौ ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)लाई हरसम्भव आर्थिक विकासका क्षेत्रमा केन्द्रित गर्ने प्रयास भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन नभएकाले यसको गतिविधि आर्थिक र प्राविधिक सहयोगमा नै केन्द्रित...बाँकी अंश →
इस्लामावाद, पाकिस्तान, २४ भदौ, चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी)बारे छलफल भएको छ । चीनका विदेश मन्त्री वाङ यी र उहाँका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सीपिइसीबारे शनिबार आपसी वार्ता भएको पाकिस्तानले जनाएको छ । वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका बिषयमा छलफल भएको...बाँकी अंश →
पोखरा, २३ भदौ,, नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भन्नुभयो । उहाँका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग भएपनि हालको नेपालको उत्पादन वार्षिक...बाँकी अंश →
काठमाडौँ, २३ भदौ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका उहाँले शुक्रबार साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम...बाँकी अंश →
ढाका, २३ भदौ ,, नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव ९जिएमआर० प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको...बाँकी अंश →
वासिङ्टन, २२ भदौ ,, चीनसँगको व्यापार सम्वन्धी विवाद अन्त्य गर्नका लागि दुई पक्षीय वार्ता जारी रहेको शुक्रबार अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चीनको व्यापार नीतिका बारेमा दुई पक्षीय वार्तामा छलफल भइरहेको जनाएको छ । ह्वाईट हाउसका आर्थिक सल्लाहकार लारी कुडलोले शुक्रबार दिएको जानकारी अनुसार वार्ता सकारात्मक...बाँकी अंश →
काठमाडौँ, २२ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आज साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित...बाँकी अंश →
काठमाडौँ, २२ भदौ ,, नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको...बाँकी अंश →
काठमाडौँ, २२ भदौ ,, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ । म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत...बाँकी अंश →
काठमाडौँ, २२ भदौ ,, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययनसहित जनतालाई सेवा दिएर कर लागू गर्न स्थानीय तहलाई आग्रह गर्नुुभएको छ । उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा जनतालाई समस्या नपर्ने गरी कर लगाउने कुरामा ध्यान दिन स्थानीय तहलाई आग्रह...बाँकी अंश →
काठमाडौँ, २२ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताउनुभएको छ । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उहाँले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भन्नुभयो ।...बाँकी अंश →
काठमाडौँ, २२ भदौ ,, भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ । आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: