१० माघ २०८१

आर्थिक

तीन हजार ५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

काठमाडौँ, ९ असोज ,,   सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा...बाँकी अंश →


अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

अत्तरिया, ९ अजोज,,  प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ । पहाडी जिल्लाका सात जिल्ला समन्वय समिति तथा नगरपालिका र...बाँकी अंश →


लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन

घोराही, ९ असोज ,,   प्रत्येक प्रदेशमा कम्तीमा एक हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने केन्द्रीय नीतिअनुरुप प्रदेश नं ५ को दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ (साविकको लक्ष्मीपुर र धर्ना गाविस) मा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएपछि उद्योग, आपूर्ति तथा वाणिज्य...बाँकी अंश →


आयोजनाका लागि थप जग्गा अधिग्रहण गरिने

दमौली, ९ असोज ,,   एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि थप ५० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाले व्यास नगरपालिका–५ स्थित वेतेनीमा थप जग्गा अधिग्रहण गर्नेछ । आयोजनाको ड्याममा जाने प्रवेशमार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले...बाँकी अंश →


विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान, ८ असोज ,,    प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन...बाँकी अंश →


सरकारले तोक्यो नयाँ सवारी भाडादर

काठमाडौँ, ८असोज ,,   सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम...बाँकी अंश →


सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने

काठमाडौँ, ८ असोज ,,   सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड...बाँकी अंश →


राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

नयाँदिल्ली, ७ असोज ,,   भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गर्नुभएको छ । उहाँले राफेल विमानको मूल्य बढी वा कम भएको भन्ने बारेमा भारतीय महालेखा परीक्षकले जाँच गर्न सक्ने बताउनुभयो । उहाँले विपक्षीहरुले लगाएको आरोपमाथि सत्यता नभएकाले खरिद सम्झौता रद्द...बाँकी अंश →


घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प

म्याग्दी, ७ असोज ,,   म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध...बाँकी अंश →


सबै व्यवसायी करको दायरामा आउनुपर्छ : अर्थमन्त्री

काठमाडाँै, ६ असोज ,,    अर्थमन्त्री डा युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउनुभएको छ । नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबै व्यवसायीले इमान्दारितापूर्वक व्यवसाय गर्नुपर्छ, सरकार त्यसका लागि कडारुपमा उभिएको छ ।” सबै नागरिक करको दायरामा आउनुपर्ने प्रष्ट पार्दै अर्थमन्त्री...बाँकी अंश →


स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने

काठमाडौँ, ६ असोज ,,   नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ...बाँकी अंश →


रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज ,,   मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको छ । चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७० प्रतिशत घरधुरी सर्भेक्षणको काम पूरा भएको छ । रेलमार्गमा पर्ने ५०० घरधुरी प्रभावित हुने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter