९ मंसिर, चितवन पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् । वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका...बाँकी अंश →
७ मंसिर, बुटवल नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने बताएका छन् । गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा जोडिएकाले कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको उनले भनाइ छ । मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना...बाँकी अंश →
तम्घास, ७ कात्तिक गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै शिक्रयाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत...बाँकी अंश →
भीमदत्तनगर, ७ कात्तिक जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन थालेपछि जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेको भए पनि समयमा उत्पादन भएको तेल बिक्री नभएको स्थानीयको दुखेसो छ । “अघिल्ला वर्षहरुमा दशैँ,...बाँकी अंश →
काठमाडौँ, ६ कात्तिक सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आउनुभयो । निको भएर हँसीखुशी फर्कने उहाँको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै रु एक लाख लाग्यो । निको नहुँदै खर्च धेरै भएको निहुँमा छोरा बुहारीले हेलाँ गर्न थाले । उनीहरु काठमाडौँको एक...बाँकी अंश →
खस्यौली, ६ कात्तिक प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम संचालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउने लक्ष्य...बाँकी अंश →
डोटी, ६ कात्तिक जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका...बाँकी अंश →
खलङ्गा, ५ कात्तिक जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा...बाँकी अंश →
गलकोट, ३ कात्तिक रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ । रक्त सञ्चार केन्द्रलाई सुधार गरी आधुनिक बनाउनका लागि प्रवासीको सहयोग आउनेक्रम जारी रहेको छ । बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्नका लागि आवश्यक उपकरण सहयोग गरेको छ । बागलुङ...बाँकी अंश →
धनगढी, २९ असोज कैलाली र कञ्चनपुर जिल्लाका किसानलाई यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ...बाँकी अंश →
चितवन, २९ असोज थन्काउने बेला भएको धानमा फौजी कीराले नष्ट गरेपछि यहाँका कृषक चिन्तित बनेका छन् । जिल्लाको राप्ती, खैरहनी र कालिका नगरपालिकामा लगाइएको धानमा फौजी कीराले क्षति पु¥याएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार त्यस क्षेत्रमा लगाइएको धानमा फौजी कीरा देखा परेको हो ।...बाँकी अंश →
सर्लाही, २९ असोज ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: