११ माघ २०८१

आर्थिक

भारतमा इन्धनको मूल्यवृद्धि

नयाँदिल्ली, २२ असोज ,,  भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य भा.रु....बाँकी अंश →


सांसद रौनियार निलम्बित

काठमाडौँ, १९ असोज,,   प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट...बाँकी अंश →


‘पेट्रोलियम पदार्थ समृद्ध कर्णालीको आधार

दुल्लु, १९ असोज ,, कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दैलेख पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । सदरमुकाम दैलेख बजारमा आजदेखि शुरु भएका लद्यु घरेलु, कृषि उद्यम प्रदर्शनी तथा हाट बजार व्यापार मेलाको उद्घाटन समारोहमा उहाँले पेट्रोलियम पदार्थ...बाँकी अंश →


साना सवारीले लिए मनपरी भाडा

काठमाडौँ, १९ असोज ,,   कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् । सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा रु ५७६ तोकिए पनि रु ९०० सम्म लिइएको छ । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा रु एक हजार ४१ तोकिए पनि रु एक हजार ५०० सम्म लिइएको छ । कोटेश्वरबाट...बाँकी अंश →


पप्पु कस्न्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर

काठमाडौँ, १९ असोज ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा...बाँकी अंश →


साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने

इस्लामाबाद, १९ असोज ,,   पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ । “रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ,” पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताउनुभयो । यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन...बाँकी अंश →


‘असर नगर्ने उद्योगलाई मात्र अनुमति’

परासी, १९ असोज,,   प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले औद्योगिक प्रतिष्ठानको स्थापना गर्दा शान्ति र पर्यटनको गन्तव्य प्राचीन रामग्रामलाई असर पर्न नहुने बताउनुभएको छ । पश्चिम नवलपरासीको रामग्राम क्षेत्रमै पछिल्लो समय ठूला ठूला उद्योग खुल्ने क्रम बढिरहँदा गौतमबुद्धको सिङ्गो अस्थधातु रहेको प्राचीन, पुरातात्विक तथा धार्मिकस्थल रामग्राम स्तूप,...बाँकी अंश →


तीस करोड बढी अनुदान

काठमाडौँ, १९ असोज,,   जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो । शिक्षा, विज्ञान...बाँकी अंश →


पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

नयाँदिल्ली, १८ असोज,,   रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन् । दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री...बाँकी अंश →


शेयर कारोवारको विवरण ‘मेरो शेयर’मार्फत

काठमाडौँ, १८ असोज,,   दोस्रो बजारमा लगानी गर्ने शेयर लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोवारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् । ‘सिडएस एण्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोवार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रुपमा निर्देशन पूँजी जारी गर्ने सुविधा थप गरेको हो । सिडिएस एण्ड...बाँकी अंश →


पाकिस्तानी सरसामानको मेला

काठमाडौँ, १७ असोज ,,   पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन । पाकिस्तानको रावलपिन्डी...बाँकी अंश →


टरिगाउँ विमानस्थलको सफल परीक्षण

लमही, १६ असोज ,    दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताउनुभयो । बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter