११ माघ २०८१

आर्थिक

महिलाको आर्थिक पहुँच बढाउँदै सहकारी

प्यूठान, ३० असोज ,,   गाउँगाउँमा सहकारी संस्था गठन र परिचालन पछि आर्थिक कारोवारमा महिलाको अधिकार र पहुँचका साथै महिला उद्यमशीलता पनि बढेको छ । घरभित्रको सम्पूर्ण कामको जिम्मेवारी हामी महिलाहरुको हुन्थ्यो सबै आर्थिक कारोवार पुरुषले नै गर्दथे । सहकारी संस्थावाट ऋण लिई वर्षको उत्कृष्ट उद्यममीको रुपमा पुरस्कृत हनुभएकी प्यूठान नगरपालिका–४...बाँकी अंश →


दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

सोल, २९ असोज ,,   उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ । सो कार्यक्रमपछि यो रेलमार्ग...बाँकी अंश →


वनको जग्गा कारखानाको नाममा

जनकपुरधाम, २९ असोज ,,   सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको हो । कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा...बाँकी अंश →


बजारमा मागभन्दा बढी इन्धन ,, निगम

काठमाडौँ, २९ असोज ,,   नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल...बाँकी अंश →


माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौँ, २९ असोज ,,   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत रु एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले...बाँकी अंश →


इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी

जेरूसेलम, इजरायल, असोज २८  ,,   सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमहरूले आइतबार जनाएका छन् । एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरूरी पत्र लेख्दै उक्त घोषणा...बाँकी अंश →


म्याद गुज्रेको सामान जफत

भक्तपुर, २८ असोज ,,   भक्तपुर नगरपालिकाले तौमढीदेखि नासमनासम्मका खाद्य पसलको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ । नगरपालिकाले आज अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा हरिप्रसाद खाइतुको चिया पसल र नारायण मिठाइ भण्डारमा किचेन फोहोर भएको, विद्युत्को...बाँकी अंश →


सुक्खा बन्दरगाहको गोदाममै थन्कियो चिनी

वीरगञ्ज, २८ असोज ,,   साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका छन् । हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट...बाँकी अंश →


विप्रेषण ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौँ,२८ असोज,,  विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएको विप्रेषण ऊर्जा तथा जलस्रोत क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । विप्रेषणबाट प्राप्त रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको र त्यसले कुनै पनि आर्थिक गतिविधिलाई बढवा नदिएको भन्दै बृहत्रुपमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो...बाँकी अंश →


रसियामा काम लगाइदिन्ुछ भन्दै ठगी

काठमाडौँ, २४ असोज ,,    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई आज पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका...बाँकी अंश →


डेढ करोड मुआब्जा वितरण

दमौली, २३ असोज ,,   एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिनुभयो । प्रभावित...बाँकी अंश →


अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ ,, चीन

बेइजिङ, २२ असोज ,,   एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो बहस भएको छ । उत्तर कोरियाली आणविक निशस्त्रीकरणको बिषयलाई लिएर एसिया भ्रमणको अन्तिम दिन चीन आएका अमेरिकी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter