११ माघ २०८१

आर्थिक

अनलाइन ३७ मालपोत कार्यालयमा विस्तार

काठमाडौँ, ५ कात्तिक ,,   भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा प्रयोगमा ल्याइएको उक्त सेवाले देशभर हुने जग्गाजमीनको करीब ७० प्रतिशत कारोवार समेटेको छ । मन्त्रालयले दुई वर्षअगाडि शुरु गरेको...बाँकी अंश →


प्रमुख बालीको समर्थन मूल्य तोक्न माग

काठमाडौँ, ४ कात्तिक ,,   राष्ट्रिय किसान आयोगले प्रमुख बालीको (धान, मकै, कोदो, फापर, गहुँ, उखु आदि) समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । “बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्छ”, आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भन्नुभयो । आयोगको विशेष पहलमा कृषि तथा पशुपक्षी मन्त्रालयले हालै धान र उखुको न्यूनतम...बाँकी अंश →


एउटै वडाबाट रु १० लाखको बन्दा निर्यात

बैतडी,३ कात्तिक ,,   तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ । दुई महिनाको अवधिमा वडा नं १ बाट रु १० लाख बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी...बाँकी अंश →


रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

सोची, २ कात्तिक ,,   रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताउनुभएको छ । रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राख्नुभएको...बाँकी अंश →


‘अबको विकास शिक्षा, स्वास्थ्य र सञ्चारमा’

महोत्तरी, २ कात्तिक ,,    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले अबको विकास पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारमा केन्द्रित हुनपर्नेमा जोड दिनुभएको छ । रामगोपालपुरमा आज आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा राज्यमन्त्री यादवले देशभरीको स्वास्थ्य क्षेत्र हेर्ने आफ्नो जिम्मेवारी रहेको तर यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएर पठाएकाले यहाँका...बाँकी अंश →


सस्तो पाइने भ्रममा भारतीय बजार रोज्दै उपभोक्ता

परासी, १ कात्तिक ,,   दशैँ तिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन । दशैँका बेला राम्रो व्यापार गरौँला भनेर पसलमा लगानी बढाएका व्यापारीहरु यतिबेला निराश भएका छन् । उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि यहाँका व्यापारीहरु चिन्तित भएका...बाँकी अंश →


मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई कारवाही हुने

काठमाडौँ, १ कात्तिक ,,   विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल...बाँकी अंश →


विमानस्थल निर्माण समयमैै : मन्त्री अधिकारी

पोखरा, १ कात्तिक ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नं २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विमानस्थलको निर्माण...बाँकी अंश →


बालुवासँग भविष्य साट्दै कलिला वालवालिका

महोत्तरी, कातिक १ ,   महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात वर्षीया रुकसना खातुन आफ्नो आमासँग स्थानीय मरहा नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी थिइन् । घरबाट नजिकै विद्यालय रहेकाले रुकसना खातुन साथीसँग नियमितरुपमा विद्यालयमा पढनका लागि जाने गर्छिन । विद्यालयबाट फर्किएपछि अन्य साथी खेल्नमा व्यस्त रहेको समयमा...बाँकी अंश →


विस्थापीत परिवारको मुहारमा खुसियाली छैन

कञ्चनपुर, १ कात्तिक ,,  दशैं पर्वको अवसरमा सबै क्षेत्रमा खुशी र उमंग छाएको छ तर कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्कामा शिविर बनाएर वर्षौदेखि पुनःस्थापनको आशामा बसेका निकुञ्ज विस्थापित परिवारको मुहारमा खुसियाली छाएको छैन । भारतमा मजदूरी गर्न गएका दशैं आउँदासमेत फर्केका छैनन् । शिविरमा बस्दै आएका विस्थापित परिवारलाई साँझ बिहानको...बाँकी अंश →


तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

दमौली, १ कात्तिक ,,   एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्नका लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको...बाँकी अंश →


‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ असोज,,   बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर ः नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरियो । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र भएको उल्लेख गर्दै उक्त क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter