११ माघ २०८१

आर्थिक

१० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

काठमाडौँ, २ चैत,,   लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बोर्डको ३५ औं बैठकले...बाँकी अंश →


बन्द हड्ताल हुनु दुःखद् ः महासङ्घ

काठमाडौँ, ३० फागुन ,,  नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी संविधान निर्माणसँगै मुलुक आर्थिक विकासको चरणमा अगाडि बढ्दै गर्दा भएको बन्दले उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो । “सरकार...बाँकी अंश →


अमेरिका, चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी

बेइजिङ, २८ फागुन ,,   संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ । अमेरिकी अर्थ मन्त्री स्टिभन मनचिन...बाँकी अंश →


पर्यटन गुरुयोजनाका लागि एकजुट

बलेवा, २७ फागुन ,,  पर्यटन गुरुयोजनाका लागि जिल्लाका सरोकारवाला एकजुट भएका छन् । बागलुङ पर्यटन विकास समितिको आयोजनामा आइतबार भएको भेलामा सबै स्थानीय तह, जनप्रतिनिधि, सांसद, व्यवसायी र बुद्धिजीवी एकजुट भएका हुन् । सबै स्थानीय तहले बनाएको पर्यटन कार्यक्रम तथा योजना, र सम्भाव्यता, सङ्घ, प्रदेश र स्थानीय सरकारको बजेटबाट गर्न...बाँकी अंश →


दुई विकास बैंकको एकता प्रक्रिया शुरु

बुटवल, २७ फागुन  ,,   रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद...बाँकी अंश →


२३ करोड रुपैयाँ लाभग्राहीबाट फिर्ता

काठमाडौँ, २६ फागुन  ,,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना...बाँकी अंश →


सहकारीले ठगी गरेको रकम असुल

काठमाडौँ,२४ फागुन ,,  काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारबाही गरी रु तीन करोड ११ लाख रकम असुल गरेको छ । कामपाको सहकारी विभागमा परेको उजुरीको आधारमा ठगी गर्ने १३ सहकारीबाट सर्वसाधारणको उक्त रकम असुल उपर गरेको हो । कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालका अनुसार २०७५ साउन १...बाँकी अंश →


टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

शाङ्घाई, २४ फागुन ,,  – विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनीया बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन...बाँकी अंश →


चीनको आयात, निर्यात दुबै घट्यो

बेइजिङ, २४ फागुन ,, – चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ । चीनको भन्सार प्रशासनका अनुसार, संयुक्तराज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ ।...बाँकी अंश →


लप्सीका परिकार अमेरिका निर्यात

पर्वत, २२ फागुन ,, लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका...बाँकी अंश →


‘सेज’मा श्रमिक सङ्गठनको प्रतिनिधि राख्न सहमति

काठमाडौँ, २१ फागुन ,, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्र (सेज)को प्राधिकरण सञ्चालक समितिमा श्रमिक सङ्गठनको प्रतिनिधि राख्ने सहमति गरेको छ । समितिको आज बसेको बैठकले प्राधिकरण सञ्चालक समितिमा सबै राजनीतिक दल सम्बद्ध साझा संयुक्त ट्रेड युनियन महासङ्घको सिफारिसमा एक जना प्रतिनिधि राख्ने...बाँकी अंश →


जग्गाको कारोवारमा कमी

बलेवा, २० फागुन ,,  सङ्घीयता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरीद–बिक्रीको कारोवारमा कमी आएको छ । बितेका वर्षमा भन्दा यो आर्थिक वर्षको पहिलो छ महीनामा जग्गा खरीद–बिक्रीको कारोवार कम भएको पाइएको हो । मालपोत कार्यालय बागलुङका अनुसार गत वर्ष फागुनको दोस्रो सातासम्म एक हजार ६२१ जग्गाका कारोवार कार्यालयमा दर्ता भएका थिए...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter