काठमाडाँै, २८ जेठ ,, सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले बढेर २७२.८६ अङ्कमा पुगेको...बाँकी अंश →
नैरोबी, २८ जेठ ,, चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो । राजदूत पेङले...बाँकी अंश →
आदिस अबाबा, २८ जेठ ,, अफ्रिकी यूनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताउनुभएको छ । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि, शिक्षा र विज्ञान प्रविधिका क्षेत्रमा लगानीका अवसर...बाँकी अंश →
काठमाडौँ, २७ जेठ ,, शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ ।...बाँकी अंश →
बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् । जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । अमरगढी...बाँकी अंश →
बझाङ, २७ जेठ ,, बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको भए पनि जिल्ला...बाँकी अंश →
काठमाडौँ, २७ जेठ ,, राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शङ्का व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई समान रुपमा समावेश...बाँकी अंश →
खस्यौली, २६ जेठ ,, प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन्...बाँकी अंश →
बाँके, २६ जेठ ,, सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ रु एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको...बाँकी अंश →
बैतडी, २६ जेठ ,, शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन...बाँकी अंश →
स्याङ्जा, २४ जेठ ,, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुरु भएको दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वित्तीय जागरणविना मुलुकको विकास र समृद्धि सम्भव छैन ।” गभर्नर डा नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता...बाँकी अंश →
काठमाडौँ, २४ जेठ ,, नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गर्नुभएको हो । हावाहुरीका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: