काठमाडौँ, १७ भदौ पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यवहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य...बाँकी अंश →
काठमाडौँ, १७ भदौ देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार...बाँकी अंश →
डोटी, १७ भदौ जिल्लाका नौ वटा स्थानीय तहको कूल रु १३ करोड रकम बेरुजु देखिएको छ । केही स्थानीय तहले मनोमानी रुपमा रकम वितरण गरेको पाइएको छ । दिपायल सिलगढी नगरपालिकाले पानीखोला तिखाडाँडाबाट भण्डारी जग्गा हँुदै गिरी महराको घरसम्मको सडक, कौढुङ्गादेखि थमाल्लीसम्म खानेपानी, सिलखोली गाउँदेखि घटाली गाउँ, सडक, रातोली, पाकरी,...बाँकी अंश →
कृष्ण न्यौपाने दमौली, १६ भदौ ः तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित रिसिङ गाउँपालिका–४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको घर उज्ज्यालो बनाउन गाउँपालिकाले पोल गाड्न र तार विस्तारका लागि काम शुरु गरेको हो । उक्त वडाको पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे,...बाँकी अंश →
नेपालगन्ज, १५ भदौ शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भन्नुभयो । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः...बाँकी अंश →
गलेश्वर, १५ भदौ ः हिमाली जिल्ला म्याग्दी विभिन्न ठाउँमा रहेका तामा र स्लेट खानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । पश्चिम र उत्तरी म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । तामा, स्लेट (घर छाउने ढुङ्गा), शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाैंदेखि उत्खनन हुन नसकेका अवस्थामा छन्...बाँकी अंश →
नारायण अधिकारी चितवन, १५ भदौ ः तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ । दरमा खाने चीज आडिलो भएमा भोलिपल्ट दिनभर नाचगानमा रमाउन सकिने भएकाले दरमा अनदीको चामलको भात (लट्टे) खाने गरिन्छ । पहाडी समुदायमा लट्टे बनाउनका लागि प्रयोग गरिने अनदीको...बाँकी अंश →
बैतडी, १५ भदौ बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ । लक्षित समुदाय सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका सो वडाका २८ जना अपाङ्गता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो । प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको वडाध्यक्ष रनबहादुर बोहराले...बाँकी अंश →
घोराही, १४ भदौ भनिन्छ, हातमा सीप र मनमा जाँगर भए पैसा आफै पछि लागेर आउछ । घोराही उपमहानगरपालिका– १४ निवासी प्रेमकुमारी पुन मगर (५५) एक मेहेनती महिला उद्यमी हुनुहुन्छ । उहाँले घोराहीमा स्थानीय कच्चा पदार्थ अल्लोबाट विभिन्न तयारी पोशाक बनाउने उद्योग सञ्चालन गर्नुभएको छ । उमेर उकालो लाग्दैछ तर उहाँको...बाँकी अंश →
इनरुवा, १४ भदौ नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै यस क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ । इनरुवा नगरपालिका–३ मा रहेको वितरण केन्द्रमा आठ एमभिएको...बाँकी अंश →
दमौली, १३ भदौ गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन सबै जिल्लामा उपसमिति गठन गरिने भएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन ११ जिल्लामा जिल्लास्तरीय उपसमिति गठन गर्न लागिएको हो । सरकारी...बाँकी अंश →
चितवन, १३ भदौ नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: