डोटी, ३० असार ,, संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । “संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष...बाँकी अंश →
बाँके, २७ असार ,, नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक...बाँकी अंश →
बाजुरा, २७ असार ,, जिल्लाको स्वामीकार्तिक गाउँपालिकाका पूर्वबहादुर साहीले भेडापालन गरेको लामो समय भयो । उमेरले ६० वर्ष नाघिसक्नुभएका साहीसँग अहिले १०० भन्दा बढी भेडा छ तर पछिल्लो समय यस क्षेत्रमा भेडापालन व्यवसाय नै लोप हुन थालेको उहाँले बताउनुभयो । वनजङ्गलमा चराउने ठाउँ नहँुदा र विभिन्न रोगका कारण भेडा मर्न...बाँकी अंश →
चितवन, २७ असार ,, जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब...बाँकी अंश →
काठमाडौँ, २६ साउन ,, साँझ ६÷७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु...बाँकी अंश →
चितवन, २६ असार ,, वर्षा लागेसँगै मौरीपालक किसानका लागि चरनको समस्या भएको छ । विशेषगरी वर्षायाममा फूल फुल्ने वनस्पति खेती कम हुने भएकाले चरनको समस्या देखिएको हो । चरनको समस्या भएपछि मौरीका लागि चाहिने आहारा किनेर खुवाउनुपर्ने बाध्यता रहेको किसान बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख...बाँकी अंश →
दमौली, २६ असार ,, सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । दश स्थानीय तहमध्ये नौ वटामा शुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । व्यास नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम शुरु गरिएको हो ।...बाँकी अंश →
काठमाडौँ, २५ असार ,, लामो समय सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीले आफूहरुले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न आग्रह गरेका छन् । पूर्वकर्मचारीले प्राप्त गर्दै आएको सेवा सुविधा कटौतीबाट राष्ट्रसेवकको जोश र जागरलाई असर पुग्ने सक्नेतर्फ ध्यानकर्षण गराउँदै नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घले त्यस्ता खर्च कटौती नगर्न आग्रह गरेको हो...बाँकी अंश →
बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक राजु शाहीले बताउनुभयो । पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा...बाँकी अंश →
धनगढी, २३ असार ,, कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई आजबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी...बाँकी अंश →
खोटाङ, २३ असार ,, साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३...बाँकी अंश →
बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ । टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ । यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल शुरु भएको छ । गाउँमा अहिले दैनिक २०...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: