सुन्दरबजार, लमजुङ, २० जेठ (रासस) ः प्रदेश नंंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा संघीय शासन प्रणाली कार्यान्वयन उल्टो भएको दाबी गर्नुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
शासन प्रणाली कार्यान्वयन उल्टो हुँदा स्थानीय तह व्यवस्थित हुन नसकेको र सरकारले पनि दुःख पाएको उहाँको दाबी थियो । “पहिले संघीय र प्रदेश सरकार निर्माण गरी त्यसपछि मात्र गाउँ र नगर सरकार निर्माण गर्नुपथ्र्यो”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “यदि त्यसो भएको भए कानून निर्माणसँगै स्रोत र जनशक्ति व्यवस्थापनमा सहज हुन्थ्यो ।”
मुख्यमन्त्री गुरुङले केन्द्रीय सरकारले स्थानीय जनप्रतिनिधिलाई तलब दिन नसके पनि प्रदेश सरकारले आन्तरिक स्रोतबाट प्रदान गर्ने आश्वासन दिनुभयो ।
मुख्यमन्त्री गुरुङलाई भोटेओडारस्थित स्थानीय तमु आमा समूहले पनि सम्मान गरेका थिए भने नगरसभामा नगर प्रमुख जनकराज मिश्रले आव २०७४÷०७५ को कार्यप्रगति विवरण पेश गर्नुभएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू