काठमाडाैं । अब सार्वजनिक यातायातमा गीत बजाउँदा रोयल्टी बापत निश्चित रकम तिर्नु पर्ने भएको छ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै गीत-संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो ।
प्रतिलिपी अधिकार ऐनले कुनै सिर्जनालाई सार्वजनिक रुपमा प्रयोग गरिए त्यसवापत रोयल्टी तिर्नुपर्ने प्रावधानमा टेकेर यो व्यवस्था गरिएको हो ।प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै यो व्यवस्था तत्काल गर्न विभागलाई निर्देशन दिएको थियो । निजी सवारीसाधनका हकमा यो व्यवस्था लागू हुने छैन ।रुट इजाजत तथा बिल-बुक नविकरणका लागि जाँदा संगीत रोयल्टी चुक्ता गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ । अब सार्वजनिक यातायातका धनीले गीत बजाएवापत संगीत रोयल्टी तिर्नुपर्ने विभागमा महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन् ।
यो व्यस्थाअनुसार अब ठूला बसले दुर्इ हजार, मिनी बसले १४ सय ट्रक तथा ट्रिपरहरुले १२ सय, माइक्रो बस लगायात एक हजार रोयल्टी तिनुपर्नेछ । त्यसैगरी ट्याक्सी लगायतका कालो नम्बर प्लेटका सवारीले पनि संगीत रोयल्टी तिर्न अनिवार्य गरिएको छ । समाजले वर्षमा करिब २० करोड संगीत रोयल्टी उठाउने लक्ष्य राखेको छ ।सो रकम स्रष्टा, गायक गायिका र संगीतकारहरुलाई वैज्ञानिक बिधि बनाएर वितरण गर्ने समाजका महासचिव महेश खड्काले बताए ।सोमबारबाट यो व्यवस्था देशभरबाट एक साथ कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू