१४ फागुन २०८१

खादिम अल-हरमैन अल-शरीफैन उमरा कार्यक्रम साउदी अरबको एउटा अमूल्य उपहार हो: कमरुद्दीन रियाजी

१४ फाल्गुन २०८१, बुधबार १८:५२ मा प्रकाशित

काठमाडौँ –साउदी अरबको विशेषता रहँदै आएको छ कि उसले हज र उम्रा गर्ने तीर्थयात्रीहरूको सेवामा कुनै पनि प्रकारको लापरवाही वा ढिलासुस्ती देखाउँदैन। त्यहाँका शासक र जनताले यस सेवालाई आफ्नो लागि गौरवको विषय ठान्छन्। यही कारणले गर्दा त्यहाँका राजाहरूले आफूलाई “खादिम अल-हरमैन अल-शरीफैन” (पवित्र दुई मस्जिदका सेवक) भन्ने उपाधि अपनाएका छन्।

साउदी अरबको प्राचीन परम्परा रहिआएको छ कि उसले संसारका विभिन्न देशहरूबाट आउने मुस्लिम पाहुनाहरूको आफ्नै खर्चमा आतिथ्य सत्कार गर्छ। यसै परम्परालाई निरन्तरता दिँदै साउदी अरबका राजा सलमान बिन अब्दुल अजीज आल साउद (हिफझाहुल्लाह) ले १५ जुमादा अल-ऊला १४४६ हिजरी, जुन १७ नोभेम्बर २०२४ इस्वीका दिन एक शाही आदेश जारी गर्नुभएको थियो। सो आदेशअनुसार यस वर्ष ६६ देशबाट १००० जना उम्रा तीर्थयात्रीहरूको आतिथ्य सत्कार गरिनेछ।

निसन्देह, खादिम अल-हरमैन अल-शरीफैन राजा सलमान बिन अब्दुल अजीज आल साउद (हिफझाहुल्लाह) द्वारा सम्पूर्ण विश्वभरिका उम्रा तीर्थयात्रीहरूको आतिथ्य सत्कार र उम्रा गर्ने अवसर प्रदान गर्नु एक महान मानवतावादी कार्य हो। यसले प्रमाणित गर्छ कि साउदी अरब इस्लाम र मुसलमानहरूको सेवामा नेतृत्वदायी भूमिका खेलिरहेको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य ती सम्माननीय व्यक्तित्व, विद्वान, प्रचारक र विशेष व्यक्तिहरूको आतिथ्य गर्नु हो, जसलाई उम्रा गर्न पाएको थिएन। यसबाट मुस्लिमहरूबीच भाइचाराको भावना बढाउने, एकता सुदृढ गर्ने र पवित्र हरमका तीर्थयात्रीहरूको सेवामा साउदी अरबको योगदानलाई अझ बलियो बनाउने लक्ष्य राखिएको छ।

साउदी अरबको उत्कृष्ट पाहुना सत्कारले पाहुनाहरूको मनमा गहिरो र सकारात्मक प्रभाव पार्छ। यो एक प्रशंसनीय परम्परा हो, जुन लामो समयदेखि चल्दै आएको छ। यस कार्यक्रममा सहभागी हुने सौभाग्यशाली पाहुनाहरूलाई उत्कृष्ट सेवा प्रदान गरिन्छ। मक्का मुकर्रमा र मदिनामा पवित्र मस्जिदहरूको नजिकै आरामदायी बसोबासको व्यवस्था गरिन्छ, जसले उनीहरूलाई सहज रूपमा इबादत गर्ने अवसर मिल्छ। पाहुनाहरूको सुविधाका लागि आधुनिक र आरामदायी यातायात सेवा उपलब्ध गराइन्छ, जसले पवित्र स्थलहरूबीचको यात्रा सरल बनाउँछ। विभिन्न भाषाहरूमा धार्मिक शिक्षा तथा सेमिनारहरू आयोजना गरिन्छ, जसमा उम्राका नियम तथा आचरणबारे विस्तृत जानकारी प्रदान गरिन्छ। साथै, तीर्थयात्रीहरूको स्वास्थ्य सुरक्षाका लागि पूर्ण चिकित्सा सुविधा, स्वास्थ्य परीक्षण, तथा आपतकालीन अवस्थामा विशेषज्ञ स्वास्थ्यकर्मीहरू उपलब्ध गराइन्छन्।

यो पाहुना सत्कार केवल भौतिक सुविधाहरूमा सीमित छैन, बरु यसमा गहिरो मानवीय र आध्यात्मिक पक्ष पनि समावेश छ। पाहुनाहरू साउदी अरबलाई आफ्नो दोस्रो घरजस्तै महसुस गर्छन्। उनीहरू यहाँ भाइचाराको भावना, प्रेम र मित्रताको वातावारण पाउँछन्। साउदी नेतृत्वको यो उदारता र दरियादिलीले साउदी अरबको पाहुना सत्कारको परम्परालाई अझ बलियो बनाउँछ, जहाँ प्रत्येक पाहुनालाई हृदयदेखि स्वागत गरिन्छ र उनीहरूको पूर्ण रूपमा ख्याल राखिन्छ।

यो महान कार्यक्रमले साउदी अरबको विश्वव्यापी सकारात्मक छवि झनै उजागर गर्छ। यसले विश्वभरका मुसलमानहरूको मनमा साउदी नेतृत्वप्रति प्रेम र विश्वास अझ सुदृढ बनाउँछ। प्रत्येक वर्ष सहभागी पाहुनाहरूले यस उत्कृष्ट व्यवस्थापन र सेवा प्रणालीको सराहना गर्छन्, जसले साउदी अरबलाई मुसलमानहरूको सेवाको अन्तर्राष्ट्रिय केन्द्र बनाउने कार्यलाई बल पुर्‍याइरहेको छ।

खादिम अल-हरमैन अल-शरीफैनको यो महान पाहुना सत्कार वास्तवमा प्रेम र शान्तिको सन्देश हो, जसले इस्लामको पाहुना सत्कार र उदारताको परम्परालाई व्यवहारमा उतारेको छ। यस कार्यले पुष्टि गर्छ कि साउदी अरब सधैं पवित्र हरमहरूको रक्षक, तीर्थयात्रीहरूको अभिभावक र मुसलमानहरूको धार्मिक भावना प्रतिविम्बित गर्ने राष्ट्र रहिआएको छ।

प्रिय मातृभूमि नेपालबाट पनि १० जनाको टोली यो कार्यक्रममा भाग लिइरहेको छ, जसको प्रस्थान २६ जनवरी, बुधबारका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदैछ।

ए अल्लाह!! सम्पूर्ण उम्रा तीर्थयात्रीहरूलाई सुरक्षित यात्रा दिनुहोस्, उनीहरूलाई पवित्र स्थलहरूको जियारतको सौभाग्य प्रदान गर्नुहोस्, र सबै पाहुनाहरूलाई खुशी, शान्ति, र स्वास्थ्यसहित आफ्ना मातृभूमि फर्किने अवसर दिनुहोस्।

ए अल्लाह!! खादिम अल-हरमैन अल-शरीफैन राजा सलमान बिन अब्दुल अजीज आल साउद, तथा युवराज मोहम्मद बिन सलमान बिन अब्दुल अजीज आल साउदलाई उत्तम पुरस्कार दिनुहोस्, र साउदी अरबलाई सधैं सम्मान, प्रगति र समृद्धि प्रदान गर्नुहोस्। आमीन!

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter