काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन्।
विरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको उनले बताए।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरु नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताए।
उनले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको? भन्दै प्रश्नसमेत गरे।
उनले भने, ‘केही मान्छेले हिजो मसँगै बसेर कानुनको मस्यौदा गरेका हुन्। अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसद्मा भएका पार्टीहरु खासगरी माओवादीलगायतका पार्टीहरुले हिजो हामीसँगै बसेर कानुनको मस्यौदा बनाएका हुन्। अनि टिकटकमा प्रतिबन्ध नै लगाएका हुन्। अहिले बहुत हिमायति निस्किएका छन् फेरि। बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन्। टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला? जे पनि होइन ठीक कुरा बोल्नुपर्छ।’
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू