०९ माघ २०८१

केपी ओली प्रधानमन्त्री नियुक्त

३१ असार २०८१, आईतवार २२:३७ मा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि शुक्रबार नै निवर्तमान प्रधानमन्त्री स‌सद्‌मा विश्वासको मत लिनबाट चुकेका थिए।

राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेबमोजिम ओलीले आफ्नो दाबी राखेका थिए।

प्रधानमन्त्री नियुक्त भएका ओलीको शपथ सोमबार बिहान ११ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter