०९ माघ २०८१

प्रधानमन्त्रीको गुनासो : मन्त्रिपरिषद्‍बाट पास भएका विषय कार्यान्वयन नै हुँदैनन्

२५ श्रावण २०८०, बिहीबार २२:४४ मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन नभएको गुनासो गर्दै मन्त्रिपरिषद्‍बाट पास भएको संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको बताएका छन् ।

बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेटकै ओरिजिनल भर्सन हेरफेर हुने गरेको बताएका हुन्।

उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘अहिले एउटा नमिठो अनुभव भयो। संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, फर्किएर आउँदा कैयौं विषय त विल्कुल उल्टो, झन् नेगेटिभ भएर आएको देखियो ।’

त्यही कारण संघीय शिक्षा ऐनलाई संसदमा दर्ता गर्न नसकेको उनले बताए । मन्त्रिपरिषद्का सदस्यहरुले राम्रोसँग हेर्न नपाउँदै विधेयकका व्यवस्थाहरु सार्वजनिक भएको र यो गलत वा सही भन्ने स्थिति बनेको उनले बताए ।

त्यस्तै वन ऐन संशोधनका क्रममा पनि झन् नेगेटिभ भएर आएको मन्त्रीको गुनासो रहेको प्रधानमन्त्रीले सुनाए । क्याबिनेटले गरेको निर्णय समेत लागू नभएको अनौठो स्थिति देखा परेको भन्दै उनले बताए। उनले भने, ‘कित्ताकाट सम्बन्धी धेरै निर्णय गरियो, कार्यान्वयनमा समस्या छ । कहाँ गएर अड्किएको छ ?’

अरु कतिपय विषयमा पनि मन्त्रिपरिषदले गरेको निर्णय सचिवले म कार्यान्वयन गर्न सक्दिनँ भनेको पनि उनले बताएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter