काठमाडौँ – प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय माध्यमबाट हाजिरी गर्नुपर्ने भएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय हाजिरी गर्नुपर्ने निर्णय गरेको हो ।
सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा सांसदहरू उपस्थित/अनुपस्थित रहेकोबारे अन्यौल हुने र कोरम समेत नपुग्ने लगायतका समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि यस्ता समस्या हट्ने अपेक्षा गरिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू