धनगढी, १९ जेठ (रासस) ः कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन् ।
कैलाली भ्रमण वर्ष २०७५ मनाउने क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शद्वारा कर्णाली नदीमा आयोजित साहसिक जलयात्राको नेपाल र भारतका पर्यटकले आनन्द लिए । कर्णालीको कुइनेबाट दक्षिणतर्फको चिसापानीसम्मको भागसम्म जलयात्रा गरिएको थियो ।
नेपालको सबैभन्दा लामो नदी कर्णाली जलयात्राका लागि निकै उपयुक्त भए पनि यसले व्यावसायिक रुप भने लिन सकेको छैन । प्रदेश नं ७ को प्रवेशद्वार कर्णाली चिसापानीस्थत कर्णाली नदीमा बनेको ‘केबुल स्टेट ब्रिज‘ दक्षिण एशियाकै नमूनाको पुल मानिन्छ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले हरियो झण्डा देखाएर साहसिक जलयात्राको शुभारम्भ गर्दै कर्णाली नदी जलयात्राका लागि राम्रो सम्भावना रहेको बताउनुभएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू