बुटवल– लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेको छ।
नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो)को गठबन्धनले अल्पमतमा परेका शंकर पोखरेललाई एकल बहुमतीय दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेका हुन्।
गठबन्धनले बुटवलमा सोमबार पत्रकार सम्मेलन गर्दै अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न पनि माग गरेको छ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई स्वीकार गर्न नसकिने बताए।
उनले अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउन विशेष अधिवेशनको माग गरेका थिए। कांग्रेस दलका नेता विरेन्द्र कनोडियाले संविधानविपरीत भएको नियुक्ति बदर गर्न माग गरे।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू