०२ माघ २०८१

मोहम्मद जाबिरको आस्था बिपरीत मासु खान बाध्य बनाउदै

चैत्र-१९ नेपालगंज

१९ चैत्र २०७४, सोमबार १९:५६ मा प्रकाशित

बाँकेको राझामा रहेको नेपाली सेनाको चार नम्बर बहिनीले बंगुरको मासु पकाई नेपाली सेनामा कार्यरत मोहम्मद जाबिर खानलाई मासु खुवाउने प्रयास गरे पछि खानले मासु नखाएको भन्दै सहायक बाहिनी पति रामचन्द्रले खानलाई जागिरबाट एकाएक उपदान दिएका छन् ।

नेपाली सेनाको प्युठ दर्जामा कार्यरत खानले आफू माथि सहायक बाहिनी पतिले अन्याय गरेको भन्दै जागिर पुन बहालि गरी सत्य तथ्य पत्ता लगाई दोषी माथि कारवाही गर्नु पर्ने माग राख्दै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंज र प्रधान सेनापतिलाई समेत लिखित उजुरी दिएका छन् ।
यता खानले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजमा उजुरी दिएको भन्दै बाहिनी पतिले सैनिक ऐन विपरीत आयोगमा गएको भन्दै नियन्त्रणमा लिएर कारवाही गर्ने बताए पछि पिडित खानले न्यायका लागि अधिकारकर्मीहरु संग गुहार मागी रहेका छन् ।
पत्रकारहरु संग कुरा गर्दै खानले सेनाबाट आफनो ज्यानको खतरा रहेको भन्दै जीवज्यानको सुरक्षाका लागि पहल गरी दिन सबै पक्ष संग अपिल गरेका छन् ।
यस्तै आयोगले बहिनी पति संग लिखित रुपमा जवाफ पेश गर्न पत्र काटेको बताइएको छ ।

 

बंगुर लाई मुस्लिम समुदाय मा बर्जित रहेको जनावर मानिन्छ । अवैध जीव को रुपमा रहेको बंगुर लाई उक्त समुदाय मा कदापि स्वीकार्य नभएको ऊनि हरूको आस्था छ ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter