काठमाडौँ- नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए।
भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ।
‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि बधाई दिनुभयो,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा छ।
दुई प्रधानमन्त्रीले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सराहना पनि गरेका थिए। प्रधानमन्त्री मोदीले नेपाललाई कोरोना प्रभाव कम गर्न निरन्तर सहयोग गर्ने पनि सुनिश्चित गरेको भारतले जानकारी दिएको छ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच सभ्यता र संस्कृतिका तहमा भएका सम्बन्धको स्मरण पनि ओलीसँग गरेका थिए। मोदीले वार्ताका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएका थिए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू