काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ पुगेको छ।
बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ।
त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका हुन्। उनीहरु सबै पुरुष हुन्।
नेपालका कोरोना संक्रमितहरुमध्ये दुई जनाको निधन भइसकेको छ भने ३६ जना निको भएर उपचारपछि घर फर्केका छन्।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू