कोरोना महामारीको संत्रास बढ़ी रहेको छ। नेपालमा करीब ३१ जनामा कोरोना पोजिटिव लक्षण देखिएको छ ।
कोरोना फैली रहदा नेपालमा कतिपय मीडिया र मान्छेहरुले एउटा विशेष समुदायलाई लांछना लगाई रहेका छन । यही सन्दर्भमा पब्लिक हेल्थमा स्नातक गरेकी काठमाडौं की नाज़िरा खातून ले कोरोना रोगलाई धर्म सङ्ग ना दाज्न अनुरोध गरेकी छिन। कन्फिडेन्स नेपाल को सह सचिव समेत रहेको उनी भनेकी छिन की कोरोना होस वा अन्य महामारी यसले कुनै रोग चिन्दैन।
उनको पूरै भनाई लाई यहाँ साभार गरिएको छ ।
“जब धर्मको नाममा कुनै पनि घटनालाई मार हान्न थालिन्छ, तब पूरै समुदाय चोटिलो धारले रेटिन थाल्छ । कोरोना होस् या अरू कुनै महामारी होस्, यसले धर्मलाई चिन्दैन। हामी नेपाली परापुर्वक कालदेखि मालाझैँ उनिएर मिलेर बसेका छौँ 🇳🇵 चाहे मुस्लिम होस्, चाहे हिन्दू होस् या कुनै अरू धर्म नै किन नहोस्? “जमाती” को अर्थ र यसको बुझाइको कमीको कारणले पूरै मुस्लिम समुदायलाई नकारात्मक असर पर्नु भनेको भाइचारा फुट्नु बेगर केही होइन😱 धर्मको पछि लागेर वास्तविकता नबुझी पूरै समुदायलाई दोषी देख्ने कसैलाई कुनै अधिकार छैन। यस भीषम परिस्थितिमा सबै मिलेर रोगसँग लडौँ। धर्मलाई रोग र महामारीसँग नदाजौँ।
#ReligiousTolerance 🇳🇵
#Peace ✌️
जय नेपाल!🇳🇵
✍️नजिरा खातुन। “
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू