बेझाड, २९ असोज पाल्पा रामपुरको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको छ । पशुपालन व्यावसायमा कृषकलाई हौसला बढाउन सहकारीले गत आर्थिक वर्षमा सुत्केरी भएका ८४ पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको हो । सहकारीमा बीमा गरेका पशु सुत्केरी भएबापत पोषण खर्चस्वरुप रु ५०० प्रदान गर्दै आएको व्यवस्थापक भविनारायण मरासिनीले बताउनुभयो । “सहकारीमा बिमा भएका पशु सुत्केरी भएपछि पोषण खर्च प्रदान गरिरहेका छौँ, यस कार्यक्रमले संस्थाप्रति कृषकको आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो । सहकारीमा आबद्ध कृषकको घरघरमा नै पुगेर सहकारीले कर्मचारी परिचालन गरी बीमा गर्ने गरेको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू