०३ माघ २०८१

मधेशी आयोग सङ्ग युवाहरुको अन्तरक्रिया सम्पन्न

आयोगले राष्ट्रपति समक्ष सकभर कार्तिक पहिलो सप्ताहमा नै वार्षिक प्रतिवेदन बुझाउने छ ।

९ आश्विन २०७६, बिहीबार १८:१२ मा प्रकाशित

केयरखबर,असोज ९ विहीवार

आज मधेशी आयोगले युवा हरू सङ्ग मधेश र मधेशी आयोग विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आयोगको सभाहालमा आयोजित कार्यक्रममा युवाहरुले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र शैक्षिक क्षेत्रको समस्या बारे चिन्ता व्यक्त गरेका थिए। साथै मधेशी आयोगलाई समस्या समाधान गर्न जरूरी रहेको प्रति जोड़ दिएका छन। आफ्ना उद्देश्य र योजना कार्यान्वयनको पक्षमा मधेशी आयोग अगाडि बढ्नु पर्ने युवाहरु बढि केन्द्रित थिए।

कार्यक्रमको सभाध्यक्ष रहेका आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तले आयोग मधेशी समुदायको आर्थिक समाजिक सांस्कृतिक र भौगोलिक समस्याहरूको दस्तावेजीकरण गरि रहेको जानकारी गराए । आयोगले राष्ट्रपति समक्ष सकभर कार्तिक पहिलो सप्ताहमा नै वार्षिक प्रतिवेदन बुझाउने छ ।
युवाहरुको सशक्तिकरणको लागि आयोग सदैव साथ रहेको र आयोगले युवाहरुको लागि आफ्नो सेवा सुविधा स्रोत उपलब्ध गराउन तयार रहेको विश्वास दिलाए।
कार्यक्रममा यस टुगेदर वी क्यान, सक्षम नेपाल , कन्फिडेन्स नेपाल, महोत्तरी युवा संजाल , वैश्य युवा समाज लगायत संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।
शमशाद आदिलले सहजिकरण गरेका कार्यक्रममा दशै, विजयदशमी दीपावली पर्वहरूको पनि शुभकामना आदानप्रदान गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter