१० माघ २०८१

कृष्णनगर समाजिक सद्भाव कायम राख्न अन्तरक्रिया

९ आश्विन २०७६, बिहीबार १७:०१ मा प्रकाशित

 

कृष्णनगर, कपिलवस्तु, असोज ९

 

कपिलवस्तु को कृष्णनगर उद्योग वाणिज्य संघको हालमा प्रमुख जिल्ला अधिकारी को आयोजना र सशस्त्र प्रहरी बल कृष्णनगर को व्यवस्थापन र इलाका प्रहरी कार्यालय कृष्णनगर को सहकार्य मा कृष्णनगर मा शान्ति सुरक्षा कायम राख्न को लागी छलफल सम्पन्न।जसमा दशै, तिहार र छठ लगायत चाडपर्व को लागी शुभकामना अदान प्रदान गरियो। हिन्दू धर्मावलंबी हरूले मनाउने दशै पर्वमा मूर्ति विसर्जन को बिषयलाई लिएर हुन सक्ने अवान्छित क्रियाकलाप हुन नदिन सबै पक्षले आ-आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने र यस कृष्णनगर क्षेत्रमा सदभाव, आपसी भाईचारा, धार्मिक सहिष्णुता तथा सुरक्षा व्यवस्था शान्ति पूर्ण बनाई राख्न यहाका राजनैतिक दल, धर्म गुरु, विभिन्न पेशागत संघ संगठन ले एक अर्कालाई सहयोग र समान्वय गरी प्रशासन तथा सुरक्षा निकाय लाइ आवश्यक सहयोग गर्ने जस्ता पक्ष मा लिखित सहमती भएको छ। उक्त कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र का प्रमुख, नेता, स्थानीय समाजसेवी, पत्रकार, सुरक्षाकर्मी, व्यपारी लगायत अन्य को उपस्थित मा उक्त छलफल सम्पन्न भयो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter