२८ फागुन २०८१

पुल निर्माण

३० भाद्र २०७६, सोमबार १३:१८ मा प्रकाशित

कावासोती, भदौ ३०  नवलपरासी पूर्व नवलपुरको विनयीखोलामा रु नौ करोडको लागतमा पुल निर्माण गरिएको छ । विनयीत्रिवेणी गाउँपालिका–४, अन्तर्गत पर्ने विनयीखोलामा नेपाल सरकारको केन्द्रीय बजेटबाट पुल निर्माण गरिएको हो । दुम्किबासबाट पाल्पाको रामपुर हुँदै स्याङ्जासम्म जोड्ने सडकअन्तर्गत विनयीखोलामा पुल बनेपछि सर्दीसहित नवलपुरका पहाडी क्षेत्र र पाल्पाका बासिन्दालाई आवतजावत सहज हुने भएको छ । विनयीखोलामा पुल बनेपछि स्थानीयवासी खुशी भएका छन् । यस खोलामा पुल नहुँदा बर्सेनिजसो वर्षाको समयमा खोला तर्दा दुई÷तीन जनाले ज्यान गुमाउने गरेको स्थानीयवासी यादव पौडेलले बताउनुभयो । अब वर्षाका बेलामा पुलबाट नै आवतजावत गर्न सकिने भन्दै यादवले खुशी व्यक्त गर्नुभयो । विनयीखोलामा पुल बनेपछि आवताजावतसँगै पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपज दुम्किबास हुँदै आसपासका अरुणखोला, बर्दघाट, बुटवल, कावासोती, नारायणगढसम्मका बजारमा पु¥याएर बजारीकरण गर्न सहज हुने विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताउनुभयो । पुल नहँुदा वर्षाको समयमा यो सडकखण्ड नै बन्द हुने गर्दथ्यो । बाढीका कारण वर्षामा यातायात सञ्चालनमा समस्या हँुदै आएकामा पुल बनेपछि अब यो समस्या हटेको अध्यक्ष जिसीले बताउनुभयो । पाँच वर्षमा पुल निर्माण सम्पन्न भएको हो । पुल १६५ मिटर लम्बाइ र ७.६० मिटर चौडाइको छ ।

तपाईंको प्रतिकृयाहरू

गण्डकी प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter