२९ फागुन २०८१

स्थानीयवासीद्वारा वडा कार्यालयलाई जग्गा प्रदान

२९ भाद्र २०७६, आईतवार १४:०४ मा प्रकाशित

वालिङ, २९ भदौ  यहाँका स्थानीयले वडा कार्यालय भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि वडा नं ७ निवासी रमेशबहादुर गोदार र वडा नं ६ निवासी बाबुराम केसीले करीब डेढ÷डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको वडाध्यक्ष शेषकान्त अर्यालले बताउनुभयो । पानछाङमा रहेको जग्गा दुवै जग्गादाताले करीब डेढ÷डेढ रोपनी निःशुल्क वडाका नाममा नामसारी गरिदिनु भई हाल उक्त स्थानमा भवन निर्माण भइरहेको वडाध्यक्ष अर्यालले जानकारी दिनुभयो । वडा कार्यालयका लागि अन्य जग्गादाताले पनि निःशुल्क जग्गा उपलब्ध गराउने इच्छा प्रकट गर्नुभएकाले आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी वडाको नाममा ल्याइने वडाध्यक्ष अर्यालको भनाइ छ । सामाजिक कार्यका लागि र स्थानीयवासीको सहजताका लागि आफूहरुले निःशुल्क जग्गा उपलब्ध गराएको जग्गादाताहरुको भनाइ थियो ।

तपाईंको प्रतिकृयाहरू

गण्डकी प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter