०१ चैत २०८१

गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा अर्याल विजयी

२९ भाद्र २०७६, आईतवार ११:१५ मा प्रकाशित

वालिङ, २९ भदौ  गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रगतिशील समूहका यज्ञप्रसाद अर्याल विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाबाट प्रगतिशील समूहका अर्याल २२५ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहका ध्रुव श्रेष्ठले २१५ मत प्राप्त गर्नुभएको थियो । नेकपा निकट रहेको प्रगतिशील समूह र नेपाली काङ्ग्रेस निकटको लोकतान्त्रिक समूहबीच प्यानल बनाएर निर्वाचन भएको थियो । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्षसहित अन्य तीन सदस्य पदमा विजयी भएको छ । प्रगतिशील समूह अध्यक्ष, कोषाध्यक्षसहित दुई सदस्य पदमा विजयी भएको निर्वाचनमण्डलका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण चापागाईंले बताउनुभयो । अध्यक्षमा विजयी अर्याल २२५, वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी २३२, उपाध्यक्ष बाबुराम पाण्डे २१७, महासचिव कृष्णप्रसाद भट्टराई २७४, सचिवमा उमा श्रेष्ठ २५३, कोषाध्यक्षमा बलराम श्रेष्ठ २१४, सहकोषाध्यक्षमा होमलाल भट्टराई २२८ मतका साथ विजयी हुनुभएको हो । त्यसैगरी सदस्यमा गुमप्रसाद थापा, नरबहादुर गुरुङ, ऋषि बस्याल, हुमकान्त पाठक र चिन्तामणि अर्याल विजयी हुनुभएको छ । चार सय ७० मतदाता रहेको गल्याङ उद्योग वाणिज्य सङ्घको शनिबार भएको मतदानमा ४४५ मत खसेको थियो ।

तपाईंको प्रतिकृयाहरू

गण्डकी प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter