जाजरकोट , २७ भदौ तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीय तुल्सी सुनारलाई बिहिबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी वेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उहाँको उद्धार गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमले सुनारकोे उद्धार गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू