०२ चैत २०८१

अर्बुद्ध रोगपीडितलाई सहयोग

२६ भाद्र २०७६, बिहीबार ११:१३ मा प्रकाशित

दमौली, २६ भदौ  वैदेशिक रोजगारीमा कतार पुगेका तनहुँवासीको संस्था रिसिङ प्रवासी युवा समाज दोहा कतारले अर्बुद्ध रोगबाट पीडित व्यास नगरपालिका–१ भादगाउँ निवासी दिलप्रसाद आलेलाई रु एक लाख ६०० आर्थिक सहयोग गरेको छ । लामो समयदेखि अर्बुद्ध रोगबाट पीडित भई उपचार गराइरहनुभएका आलेलाई सहयोग गर्न समाजले कतारमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सोही अभियानबाट सङ्कलित उक्त रकम समाजका अध्यक्ष टीकाराम आलेमार्फत संस्थापक अध्यक्ष कविराज श्रेष्ठले पीडित आलेलाई हस्तान्तरण गर्नुभएको छ । सामाजिक काम गर्ने उद्देश्यसहित गठन भएको संस्थामार्फत जिल्लावासीलाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष आलेको भनाइ छ । “समाजले दुःखमा परेका र बिरामी भई उपचाररत रहेका अन्य व्यक्तिलाई पनि सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो, “कतारमै दुःख परेका नेपालीलाई समेत सहयोग गर्ने काम समाजले गरेको छ ।” यसैगरी भीमाद नगरपालिका–९ मोहोरिया निवासी अर्बुद्ध रोगपीडित विष्णुमाया थापाको उपचारार्थ सहयोग गर्ने उद्देश्यले कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारीको क्रममा कतारमा कार्यरत भीमाद नगरपालिका–९ सखेपका कमल गुरुङ, पाथर्दीका अर्जुन थापा, गणेशपुरका श्रीराम शाही, लोकेन्द्र शाहीलगायतको पहलमा त्यहाँका नेपालीबाट सङ्कलित रु ४६ हजार पीडितलाई प्रदान गरिएको छ । उक्त रकम भीमाद नगरपालिका–९ का कार्यवाहक अध्यक्ष बाबुराम रानाको रोहवरमा पीडितका श्रीमान् झमकलाल थापालाई प्रदान गरिएको छ । मानहुँकोटमा सरसफाइ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको व्यास नगरपालिका–५ मानहुँकोटमा सरसफाइ गरिएको छ । पर्यटकको आगमन बढ्न थालेसँगै फोहर पनि बढेपछि मिस क्विनका प्रतिस्पर्धीले मानहुँकोटमा सरसफाइ गरेका हुन् । व्यास नगरपालिका–५ को समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा मिस क्विनका १५ भन्दा बढी प्रतिस्पर्धी सहभागी रहेको आयोजक संस्थाकी सरिता गरन्जा मगरले जानकारी दिनुभयो । सहभागीले मानहुँकोटमा यत्रतत्र फालिएका बोत्तल, प्लाष्टिकलगायत सङ्कलन गरेका थिए । मगरका अनुसार सरसफाइबाट १० बोरा फोहर सङ्कलन भएको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको मानहुँमा सरसफाइको पाटोलाई विशेष ध्यान दिइने बताउनुभयो । “मानहुँकोट आन्तरिक पर्यटकको गन्तव्यको रुपमा विकास हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “दिनप्रतिदिन पर्यटकको आगमन बढेसँगै फोहर पनि हुन थालेको छ । फोहर व्यवस्थित गर्नका लागि वडा कार्यालयमार्फत पहल गर्छौ ।” सरकारले घोषणा गरेको पर्यटन वर्षलाई मानहुँकोटले सहयोग पु¥याउने श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार मानहुँकोटमा पर्यटक आवागमन बढाउन पूर्वाधार निर्माणलाई जोड दिइएको छ । मानहुँकोटसम्म पुग्ने बाटो कालोपत्रका लागि काम भइरहेको छ भने मानहुँडाँडामा रेलिङ हालिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ । सवारी गुड्ने बाटोका अलवा पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पु¥याउने लक्ष्य रहेको छ । मानहुँकोटबाट दमौली बजार छर्लङ्ग देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । मानहुँकोटबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ ।

तपाईंको प्रतिकृयाहरू

गण्डकी प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter