०५ माघ २०८१

बिपीको अवधारणा आत्मसात् गर्न माग

२४ भाद्र २०७६, मंगलवार १६:०० मा प्रकाशित

काठमाडौँ, २४ भदौ  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसका प्रदीप गिरीले बिपी कोइराला समाजवादका प्रवत्र्तक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले कोइरालाको जन्मजयन्ती सन्दर्भलाई जोड्दै पूँजीवादी व्यवस्थाको नक्कल गरेर ठूलाठूला विमानस्थल, रेल र पानीजहाज सञ्चालन गर्दैमा मुलुकमा समाजवाद नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “पुष्पलाल, मनमोहन अधिकारी र कोइरालाले कल्पना गरेको समाजवादमा जनतालाई केन्द्रविन्दुमा राखेर योजना बनाइन्थ्यो भने अहिलेको सरकार पश्चिमा तथा अमेरिका एवं पूँजीवादलाई केन्द्रविन्दुमा राखेर योजना बनाउँछ जसले गर्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको छ ।” नेता गिरीले समाजमा दिनदिनै हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अनियमितता र गाउँगाउँमा बेरोजगारी, अर्ध बेरोजगारी र गुप्त बेरोजगारी बढ्दै जानु, युवा वर्ग विदेशिनु, जमीन बाँझिदै जानु र आयात बढ्दै जानुले मुलुक समाजवादतर्फ नभई उपभोगवादतर्फ उन्मुख भएको बताउनुभयो । उहाँले बिपीको समाजवादको अवधारणालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter