०३ माघ २०८१

सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्ने ः गच्छदार

२४ भाद्र २०७६, मंगलवार १२:२६ मा प्रकाशित

विराटनगर, २४ भदौ  नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सङ्घीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिनुभयो । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि हो भन्नुभयो । उहाँले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter