०३ माघ २०८१

दउवासंघ’मा श्रेष्ठ विजयी

२२ भाद्र २०७६, आईतवार ११:३५ मा प्रकाशित

दमक, २२ भदौ  यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको छ । आज बिहान मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए । अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ विजयी बन्नुभयो । उहाँले एक हजार ४११ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी खतिवडाले ९१६ मत प्राप्त गर्नुभयो । अध्यक्षमा ४९५ मतान्तर रह्यो । पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहेक सबै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायी निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा एक हजार २७६ मत ल्याएर प्रगतिशीलका गोपाल गुरागाईं विजयी बन्नुभयो । उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिकका सुरज आचार्यले एक हजार २१ मत प्राप्त गर्नुभयो । त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिककै राजु खड्काले एक हजार २०९ मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका प्रतिद्वन्द्वी प्रगतिशीलका युवराज घिमिरेले एक हजार ७३ मत प्राप्त गर्नुभएको थियो । यस्तै द्वितीय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले एक हजार १२ मत ल्याई विजयी बन्नुभयो भने उहाँका प्रतिद्वन्द्वी प्रगतिशीलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टीकाराम प्रसाईंले ३५५ मत प्राप्त गर्नुभएको थियो । यस्तै, तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२) विजयी बन्नुभयो । उहाँले प्रगतिशीलका ज्ञाननाथ पौडेललाई पराजित गर्नुभएको हो । पौडेलले एक हजार ६१ मत प्राप्त गर्नुभएको थियो । खुला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुष्मा निरौला र प्रगतिशीलकी लक्की सिटौला विजयी बन्नुभएको छ । वस्तुगततर्पm लोकतान्त्रिक समूहबाट दुई र प्रगतिशीलबाट तीन विजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकाल र रुबल अधिकारी विजयी बन्नुभएको हो भने प्रगतिशीलका गायत्री पौडेल, राजेश अधिकारी र दिनेश सुवेदी विजयी बन्नुभयो । यसैगरी ६ खुला सदस्यतर्फ चन्द्र खत्री, तुलसीराम तिम्सिना, नवीन अग्रवाल, असिम राई, भरतकुमार चम्लागार्इं, राजकुमार थापा विजयी बन्नुभएको छ । यसैगरी, पाँच सदस्यीय वस्तुगतमा मोहन ढकाल, रुबल अधिकारी, गायत्री पौडेल (सन्तोष), दिनेश सुवेदी, राजेश अधिकारी तोया निर्वाचित भएका छन् । तीन सदस्यीय लेखातर्फ संयोजकमा खोमप्रसाद बगाले, सदस्यमा कृष्णराज दाहाल र मोहन मागर मिन विजयी बन्नुभएको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिनुभयो । सङ्घको तीन वर्षे कार्यकालको गत शुक्रबार भएको निर्वाचनमा दुई हजार ६८० मध्ये दुई हजार ३३० मत खसेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter