०५ माघ २०८१

प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य

२० भाद्र २०७६, शुक्रबार १५:५६ मा प्रकाशित

काठमाडौं, २० भदौ  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहनुभएको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिनुभएको छ । डा शाहले आज प्रेस वक्तव्य जारी गरी उहाँको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस) पूरा भएको वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल जानुभएको थियो । सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उहाँ आज स्वदेश फर्कनुभएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter