०६ माघ २०८१

गैँडा म¥यो

१३ भाद्र २०७६, शुक्रबार १५:०९ मा प्रकाशित

चितवन, १३ भदौ  चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५÷४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको आयु सामान्यतया ३५ देखि ४० वर्ष हुने गर्दछ । गत आर्थिक वर्ष यो समयमा चार गैँडा कालगतिले मरेका थिए । यस वर्ष यो गैँडा नै कालगतिले मर्ने पहिलो गैँडा हो । विगत केही समययता चोरी शिकारीका कारण गैँडा मरेका छैनन् । गत आर्थिक वर्षमा कालगतिका कारण निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा ४३ गैँडा मरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter