०३ माघ २०८१

कालोपत्रे सडक भासियो

१३ भाद्र २०७६, शुक्रबार १०:४३ मा प्रकाशित

कञ्चनपुर, १३ भदौ  ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ । भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो । वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताउनुभयो । तीन मिटर चौडा र ३० मिटर लम्बाइको सडक तिलकेनी नजिक कालोपत्रे गरिएको सडक भासिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारलाई पत्राचार गरेर तत्काल पुनःनिर्माण गर्न भनेका छौँ ।” दुई दिनभित्रै भाँसिएको सडक निर्माणको कार्य हुने उहाँले बताउनुभयो । रु २१ करोड चार लाखको लागतमा सडक निर्माणको कार्य एमके निरिज जेभीले गरेको हो । विसं २०७३ फागुनदेखि सडक निर्माणको कार्य शुरु भई २०७६ भदौ २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter