०३ माघ २०८१

धानबालीमा क्षति

१२ भाद्र २०७६, बिहीबार १४:५३ मा प्रकाशित

कञ्चनपुर, १२ भदौ  भीमदत्त नगरपालिका–१५ का आधा दर्जनभन्दा बढी परिवारको धानबालीमा हात्तीको बथानले नोक्सान पु¥याएको छ ।तीन दिनअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीको बथानले गोवरैया क्षेत्रका किसानको धानबालीमा पसेर नोक्सानी गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । राधाकृष्ण टोलका पार्वती भट्टले खेतमा हात्ती आएपछि ज्यान जोगाउन मुस्किल परेको बताउनुभयो । “घरभित्र थियौँ । बाहिर रूख चुँडेजस्तो आवाज आयो । के भयो भनेर बाहिर आउँदा हात्ती त बारीमा आइसकेका रहेछन्”, उहाँले भन्नुभयो, “बालबालिकासहित भागेर धन्न ज्यान जोगायौँ ।” निकुञ्ज किनारमा रहेको भट्टको कच्ची घर हात्तीले सहजै रुपमा भत्काउन सक्ने भएकाले भट्ट परिवारलाई ज्यान जोगाउन मुस्किल परेको थियो । तीन वर्षअघि पनि आएको हात्तीको बथानले धानबालीमा क्षति पु¥याएको उहाँले बताउनुभयो । उक्त नगरपालिकाका उपप्रमुख सुशिला चन्दले निकुञ्ज किनारका बासिन्दा सधैँ हात्तीको त्रासमा बस्न बाध्य भएकाले स्थायी समाधानका लागि सरकारसित पहल गरिने बताउनुभयो ।“निकुञ्ज किनारमा बर्सेनी हात्तीको त्रास भइरहन्छ । हात्ती नियन्त्रणका लागि समाधानको उपाय नखोजी भएको छैन”, उहाँले भन्नुभयो । “वडाध्यक्ष भीमबहादुर साहुले हात्तीको बथानले आधा दर्जन परिवारको दुई बिघा जमीनमा लगाइएको धानबाली क्षति पु¥याएको जानकारीमा आएको र क्षतिपूर्तिका लागि वडा कार्यालयबाट निकुञ्जलाई सिफारिस गरिने बताउनुभयो । दुई दिनअघि सोही नगरपालिकाको वडा नं १८ मा हात्तीको बथानले दुई परिवारको धानबालीमा क्षति पु¥याएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter