Facebook
Twitter
Google Plus
Youtube
  • English
  • اردو
  • العربية

०२ जेठ २०८२

  • Menu
  • समाचार
    • मुख्य खबर
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • आर्थिक
    • ब्यापार
    • श्रम तथा रोजगार
  • शिक्षा
  • स्वास्थ्य/जीवनशैली
  • अन्तर्वाता
  • विचार/ब्लग
  • कला/साहित्य
  • खेलकुद
  • धर्म / संस्कृति

पारिश्रमिकको रकम सामाजिक संस्थालाई

१० भाद्र २०७६, मंगलवार १२:२१ मा प्रकाशित
खोटाङ, १० भदौ  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो । वडामा गठन भएका १३ आमा समूहलाई रु १०÷१० हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल विकास समितिलाई रु १० हजार, नेवाः पुँच खललाई रु ५० हजार, आफुले अभिभावकत्व ग्रहण गरेका छात्र नीरकुमार खत्रीलाई रु १० हजार र धामीलाई रु तीन हजार प्रदान गर्नुभएको वडासदस्य हरि चाम्लिङले बताउनुभयो । आमा समूहलाई प्रदान गरिएको रकम घुम्तीकोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिनाब्याज चलाउन दिने गरी प्रदान गरिएको हो । बाँकी रहेको रु १७ हजार रकम लोपोन्मुख अवस्थामा पुगेको सङ्गिनी नृत्य टोलीका लागि साडी खरीद गर्न सहयोग गर्नुभएको जनाइएको छ । उमेरले भर्खर ३३ वर्षका हुनुभएका वडाध्यक्ष चौहानले आगामी दिनमा राज्यबाट पाउने रकमसमेत सामाजिक काममै खर्च गर्ने बताउनुभयो । उहाँले गत वर्ष पनि प्राप्त रु एक लाख ६८ हजार र व्यक्तिगत रु ८३ हजार १११ थपेर रु दुई लाख ५१ हजार १११ नगद सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको थियो । उहाँले आफ्ना स्व बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ । गत वर्ष नै स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई गरीब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । भारतीय सेनाका पेन्सनरसमेत रहनुभएका वडाध्यक्ष चौहान २१ वर्षको उमेरमा दुर्घटनामा परेपछि पेन्सनमा घर आउनुभएको बताइएको छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रदेश ४

  • खादिम अल-हरमैन अल-शरीफैन उमरा कार्यक्रम साउदी अरबको एउटा अमूल्य उपहार हो: कमरुद्दीन रियाजी
  • “अमेरिकी राष्ट्रपति द्वारा नेपाल पर आपत्तिजनक टिप्पणी: देशको संप्रभुता र सम्मानमाथि गम्भीर आक्रमण ” माैलाना मशहुद खां नेपाली
  • प्रधानमन्त्री ओलीको टिप्पणीः टिकटक बन्द गर्नेहरु नै आज बोल्न पाउनुपर्छ भनेर उफ्रिरहेका छन्
  • युएई रेड क्रिसेन्टदुआरा नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण
  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
  • देउवाको शरीर एमालेतिर भए पनि मन हामीसँगै छः माधव नेपाल
  • सिमलताल दुर्घटनाः बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हरायो

केयर फाउणडेशन द्वारा संचालित:

प्रधान सम्पादक

  • अब्दुस सबुर नदवी

सम्पादक

  • अनवर अलि शाह मियाँ

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल

विशेष लिंकहरू

  • विज्ञापनको लागि सम्पर्क गर्नुहोस्
  • समाचार वा लेख रचना प्रेषित गर्नुहोस्
Flag Counter

© 2018 Care Khabar | All Rights Reserved.

  • मुख्य पृष्ठ
  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क