०७ चैत २०८१

लागुऔषधसहित दुई पक्राउ

२४ श्रावण २०७६, शुक्रबार १०:०५ मा प्रकाशित

कावासोती, २४ साउन प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । लुअअसा ७३१ नंको कारमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पक्राउ परेका उनीहरुको साथबाट डाइजोपामा १३० एम्पुल, नुफिन १३० एम्पुल र फेनेरागन १३० एम्पुल गरी ३९० एम्पुल लागुऔषध बरामद गरिएको छ । रुपन्देही निवासी राजकुमार श्रेष्ठ कार चालकका रूपमा रहेकाले उनको लागुऔषध ओसारपसारमा संलग्नता भए÷नभएको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । नवलपरासी जिल्ला लागुऔषध कारोवारीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । भारतीय सीमाक्षेत्र नवलपरासीको त्रिवेणी, महेशपुर, झोलनीपुरलगायतका क्षेत्रबाट लागुऔषध नेपाल भित्र्याउने र यहाँबाट देशका अन्य विभिन्न जिल्लामा पु¥याउने गरेको विभिन्न समयमा पक्राउ पर्ने लागुऔषध ओसारपसारकर्ताले बताउने गरेका छन् । भैरहवा नाकाबाट समेत लागुऔषध भित्र्याउने गरेको र नवलपरासीका विभिन्न स्थानमा राख्ने र अन्यत्र पु¥याउने गरेको पाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रणका लागि राजमार्गमा विशेष जाँच गर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताउभुयो । उहाँका अनुसार चितवन, नवलपरासीका युवा प्रायः ओसारपसारकर्ताका रूपमा पक्राउ पर्ने गरेका छन् । –––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter