०९ माघ २०८१

‘संगठन बलियो बनाउने दायित्व कार्यकर्ताको काँधमा’

१६ जेष्ठ २०७५, बुधबार २१:४६ मा प्रकाशित

नेपालगञ्ज, १६ जेठ (रासस)ः नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको कमजोर हुँदै गएको संगठन बलियो बनाउने दायित्व अब कार्यकर्ताको काँधमा आएको बताउनुभएको छ ।

दशौं गणतन्त्र दिवसका अवसरमा बाँके काँग्रेसले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिदृश्य र नेपाली कार्यदिशा’ विषयको एक विचार गोष्ठीमा उहाँले भन्नुभयो, “पार्टी नेतृत्व गति छाडा भयो भने त्यसलाई तह पनि कार्यकर्ताले लगाउनुपर्छ ।”

“नेपाली काँग्रेस जनप्रिय पार्टी थियो, हो र रहन्छ, तर नेतृत्व पार्टीमुखी नभएका कारण यसको संगठन मात्र कमजोर भएको हो”, उहाँले भन्नुभयो ।

नेता सिटौलाले नेपालको राजनीति जनमुखी हुन नसकेका कारण नै जनता पार्टीप्रति विरक्तिएका छन्, यो कुरा हामीले समयमा बुभ्mन सकेनौँ भने राजनीतिक दुर्घटनाको खाडल झन् फराकिलो हुँदै जान्छ भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter