अमेरिकाको नेभडा विश्वविद्यालयका स्टेफेन आङस्टर लगायत जापान र नेपालका भूगर्भ्विद्हरूको अर्को अनुसन्धानात्मक लेख ‘सेस्मोलोजिकल रिसर्च लेटर्स’ भन्ने जर्नलको भोलुम ८६ अङ्क ६, नोभेम्बररडिसेम्बर, २०१५ मा प्रकाशित भएको छ । उनीहरूको अनुसन्धान भूकम्प लगत्तै तयार गरिएको इन्टरफेरोमेट्रिक सिन्थेटिक एपारेचर राडार (इन्सार) नक्सा र मे ४ देखि १५ तारिख, २०१५ मा गरिएको काठमाडांै वरिपरि र काठमाडौंभन्दा दक्षिण चुरे र तराई सिमाना क्षेत्रमा गरिएको स्थलगत अध्ययनमा आधारित छ ।
यी दुवैको अध्ययनबाट गोर्खा भूकम्प सम्बन्धित दरार जमिनसम्म आइपुगेको प्रमाण कहीं कतै पनि भेटिएन । अध्ययनबाट काठमाडौंको कौशलटारमा भेटिएका धांँजा वास्तवमा कुनै फल्टसंँग सम्बन्धित नभएर जमिनको माथिल्लो तहमा मात्र सीमित भएको पाइयो । उनीहरूको निष्कर्ष छ, गोर्खा भूकम्पले जमिनको सतहसम्म जमिन फटाउन नसकेकाले काठमाडांै वरिपरि ठूलो भूकम्पको खतरा कायमै छ ।
अनुसन्धान— ४
अक्स्फोर्ड विश्वविद्यालय बेलायतका भूगर्भ्विद् जोन इलियट र उनको टिमले गार्खा भूकम्पपछि नेपालमा गरेको अनुसन्धान नेचर जियोसाइन्सको जनवरी २०१६ को अंकमा प्रकाशित भएको छ । उनीहरूले पनि भूकम्प लगत्तै पछिको इन्टरफेरोमेट्रिक सिन्थेटिक एपारेचर राडार (इन्सार) नक्सा र जीपीएस स्टेसनहरूले रेकर्ड गरेको जमिनको चालसम्बन्धी तथ्याङ्कहरूलाई नै विश्लेषण गरेका छन् । उनीहरूका अनुसार पनि काठमाडौं आसपासमा ठूलो भूकम्पको खतरा अझै टरेको छैन ।
गोर्खा भूकम्पका कारण लगभग १५ किलोमिटर तल सुरु भएको धाँंजा (रपचर) काठमाडांै आसपासमा ११ किमि तल, चुरे र तराईको सिमानबाट लगभग ५० किमि उत्तरमा आएर अड्किएको छ र यसका कारण यहाँ लगातार शक्ति सञ्चय भैरहेको छ । सञ्चित शक्ति कुनै पनि समयमा भूकम्पका रूपमा स्खलित हुनसक्छ ।
अनुसन्धान— ५
भूगर्वविद्हरूका अनुसार हिमालयमा भूकम्प जांँदा यदि फल्ट प्लेनको मुभमेन्ट सतहसम्म जमिनसम्म आइपुग्यो भने यसले जमिनमा देखिनेगरी दरार उत्पन्न गर्छ र यस्तो दरारलाई पहिचान गर्न चुरे पहाड र तराईको सिमानामा रहेको भावर जोनमा नदीले थुपारेको सेडिमेन्ट (रिभर टेरास) मा दरार (जमिन चिरा परी एक भाग अर्को भागमुनि धस्सिएको अवस्था) देखापर्छ । यिनै दरारहरू ठूला भुइंँचालोले छाड्ने अवशेष हुन् र भूगर्भ्विद्हरूले यिनै दरारहरूको अध्ययन गरेर ऐतिहासिक महाभूकम्पहरूको कथा उधिन्छन् ।
यिनै दरारहरूको खोजी गर्न अमेरिकाको नेभाडा विश्वविद्यालयका स्टेभेन विश्नोउस्की लगायत जापान र नेपालका भूगर्भ्विद्हरूले काठमाडौंको दक्षिण चुरे र तराईको सिमानामा वागमती नदी नजिक बर्दिबास र नवलपरासीको त्रिवेणी नजिक दुई ठाउंँमा एक्स्काभेटरको सहायताले गहिरा ट्रेन्च (खाडल) खनी भावर जोनमा भएका रिभर टेरासको अध्ययन गरी अनुसन्धान नतिजा भर्खरै मात्र (नोभेम्बर ३, २०१६) ‘अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स’को अङ्क ४५७ मा प्रकाशित गरेका छन् ।
बागमती साइट गोर्खा भूकम्प गएको ठाउंँको ठिक दक्षिणमा पर्छ भने त्रिवेणी साइट गोर्खा भूकम्पले असर पारेको क्षेत्रभन्दा बाहिर लगभग २०० किमि पश्चिममा पर्छ । खनिएका खाडलमा भेटिएका भौगर्भिक प्रमाणहरू र कोइलाको रेडियोमेट्रिक डेटिङले के संकेत गर्छ भने यस क्षेत्रमा सम्भवतस् सन् १२५५ मा ठूलो भूकम्प गएको थियो । यो भूकम्प जांँदा वागमतीदेखि त्रिवेणीसम्मको लगभग २०० किमि दूरीभित्र ७ देखि १० मिटरसम्म जमिन माथि उठ्नेगरी जमिनसम्म नै दरार उत्पन्न गरेको थियो । यसपछि बागमतीदेखि त्रिवेणीसम्मको क्षेत्रमा केन्द्रविन्दु पर्नेगरी ठूला भूकम्प गएका छैनन् ।
अहिले इन्डियन प्लेट प्रतिवर्ष २० मिमिका दरले उत्तरतर्फ सरिरहेको छ भन्ने जियोडेटिक अवलोकनले देखाइरहेको सन्दर्भमा सन् १२५५ को भूकम्पपछि कम्तीमा हालसम्ममा औसत १५ मिटर तराईको भाग उत्तरतर्फ चुरे पहाडमुनि धस्सिनुपर्नेमा यो अन्तरालमा जमिन धस्सिएको वा अर्को शब्दमा भन्ने हो भने ठूलो भूकम्प गई फल्ट मुभमेन्ट जमिनसम्म आइपुगेको भेटिएको छैन । ७.८ म्याग्नेच्युडको गोर्खा भूकम्प जांँदासमेत फल्ट मुभमेन्ट जमिनसम्म आएको कुनै प्रमाण नभेटिएकोले हाल पनि यस क्षेत्रमा भूकम्पीय जोखिम घटेको छैन र गोर्खा भूकम्पभन्दा ठूलो म्याग्नेच्युडको भूकम्प जाने खतरा यथावत रहेको छ ।
माथिका पांँचवटै अनुसन्धानले देखाएको एउटै निष्कर्ष के हो भने गोर्खा भूकम्पपछि मध्य तथा पश्चिम नेपालमा भूकम्पीय जोखिम झनै बढेको छ । अझ यसो भन्न सकिन्छ, उत्तरी क्षेत्रमा रहेको शक्ति सञ्चय स्थल गोर्खा भूकम्पपछि काठमाडौंको झनै नजिक सरेको छ र यदि यो धांँजा फाटेर जमिनसम्म आइपुग्यो र एकै पटकमा सञ्चित शक्ति स्खलन भयो भने यसले गोर्खा भूकम्पभन्दा पनि विनाशकारी भूकम्प ल्याउनेछ र यसको असर काठमाडौंमा गोर्खा भूकम्पको भन्दा धेरै गुण बढी हुनेछ । उता काठमाडौंदेखि भारतको कुमाउसम्मको हिमालय खण्डमा विगत ५०० वर्षयता ठूला भूकम्पहरू गएका छैनन् र यस क्षेत्रमा लगातार शक्ति सञ्चय भैरहेको छ । यस्तो अवस्थालाई ‘सेस्मिक ग्याप’ भनिन्छ र यसो हुनु भनेको भूकम्पीय दृष्टिले खतरापूर्ण अवस्था हो ।
सेस्मिक ग्याप भएको क्षेत्रमा कुनै पनि बेला महाभूकम्प जाने सम्भावना रहन्छ । समग्रमा भन्नुपर्दा नेपालको लगभग सबै क्षेत्रमा भूकम्पीय जोखिम उत्तिकै छ र सबै क्षेत्रका बासिन्दाले उत्तिकै पूर्वसावधानी अपनाउनुपर्ने जरुरी छ । विज्ञानको एउट सिद्धान्त छ, ‘सर्भाइभल अफ द फिटेस्ट’ जो प्रकृतिसँंगै मिलेर बस्छ ऊमात्र जिउन सक्छ । प्रकृतिको विरुद्धमा गयो भने जोकोहीको पनि विनाश अवस्यंभावी छ । पृथ्वीको इतिहासमा कुनै पृथ्वीको सबै भाग कब्जा गरेर बसेको जीवहरू कालान्तरमा नष्ट भएका थुप्रै प्रमाणहरू छन् ।
भूकम्प पनि प्राकृतिक नियम हो, न टार्न सकिन्छ न भाग्न सकिन्छ । जसले यसका नियमहरू बुझ्छ र त्यसैअनुसार चल्न कोसिस गर्छ, ऊमात्र जिउन सक्छ, जसले भूकम्पका नियम बुझ्न सक्दैन वा यसका विरुद्धमा आफूलाई उभ्याउन खोज्छ, उसको विनाश पक्का छ । तसर्थ अब हामीले भूकम्पको नियम बुझ्नु, हाम्रा संरचनाहरूलाई भूकम्पमैत्री बनाउनु र अर्को महाभूकम्पको सामना गर्न तयारी अवस्थामा राख्नु बाहेक अर्को विकल्प छैन ।
यसका लागि नेपालको विस्तृत भौगर्भिक नक्साङ्कन, भूकम्पीय प्रक्रिया बारेमा गहिरो अध्ययन तथा अनुसन्धान, जमिनअनुसार भूकम्पीय असरको फरक बारेमा अनुसन्धान, अध्ययन अनुसन्धानबाट आएको ज्ञानलाई भौतिक संरचनाहरू निर्माणमा प्रयोग, भूकम्पमैत्री संरचना निर्माण गर्ने परिपाटीको थालनी, भूकम्पीय जोखिमको आधारमा सम्पूर्ण नेपाललाई विभिन्न क्षेत्र (जोन) मा वर्गीकरण गरी सोहीअनुसार नेसनल बिल्डिङ कोड लागु गरिनु तथा औपचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट जनतामा भूकम्पीय चेतनाको अभिवृद्धि आदि गरिनु आवश्यक छ ।
साभार: टिभी अन्नपूर्ण
तपाईंको प्रतिकृयाहरू