प्रवास संवाददाता,केयरखबर
विदेशी मरुभूमिमा कार्यरत रहेका नेपाली मुस्लिमहरुले प्रवास वाट नै हजयात्रामा जान पाउने मांग गरिएको छ । नेपालिज मुस्लिम सोसाईटी यू ए ई ले आफ्नो विज्ञप्ति जारी गर्दै उक्त कुराको मांग गरेको छ ।
सोसाईटीका अध्यक्ष शाहनवाज अख्तर द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रवासमा रहेका नेपाली कामदारहरुको पनि चाहना बमोजिम सबै आवश्यक कागजातहरूको व्यवस्थापन प्रवास वाट नै हुने गरि सहजता प्रदान गर्न मांग गरिएको छ ।
वर्तमान चलनचलतीमा हजयात्रामा जान इच्छुक व्यक्तिहरूको नामावली, राहदानी र शुल्क करीब ४ महीना पहिला देखि नै हज समितिले संकलन गर्न थाल्छ। सो कुरालाई केलाउदै प्रवासीहरुले ४/५ महीना सम्मको लागि यसरी राहदानी दिन समस्या हुन गरेको भनिएको छ ।
पवित्र कार्य हज गर्न करीब एक स्प्ताहमा सम्पन्न हुन सक्ने भएकोले प्रवासीहरूको समस्या बुझेर अब नया वर्ष मरुभूमिमा कार्यरत रहेको सम्पूर्ण नेपाली मुस्लिमहरूको व्यवस्थापन गर्न मांग गरिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू