कञ्चनपुर, १६ जेठ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गए राति आएको हावाहुरीले तीन सयभन्दा बढी घरमा क्षति पु¥याएको छ ।
काठको कच्ची घरमा लगाइएका टायल उडाएर हावाहुरीले क्षति गरेको हो । आधा दर्जनभन्दा बढी घरमा हावाहुरीले रूख ढाल्दा परिवार नै विस्थापनमा परेका छन् । वडा नं १ का तीन स्थानीयवासीको घरमा रूख ढल्दा पूरै घर भत्केर क्षति भएको वडाध्यक्ष हरिश बिष्टले बताउनुभयो ।
“गौरादेवी मन्दिरको छाना उडाउँदा क्षति पुगेको छ”, उहाँले भन्नुभयो । यसैगरी, वडा नं २ का ६० भन्दा बढी घरका छानामा रहेका टायल हावाहुरीले उडाएर क्षति गरेको छ । वडा नं ३ का ४० भन्दा बढी घर र होमस्टे सञ्चालनका लागि बनाएका दुई घरमा क्षति गरेको वडघर रामप्रसाद चौधरीले बताउनुभयो । वडा नं १२ का सामुदायिक र निजी गरी दुई विद्यालय भवनमा जस्तापाता उडाएको र ७० भन्दा बढी घरका छानाको टायल उडाएर फुटालेको छ । टायल नपाएर छाना राख्न नपाउँदा अधिकांश स्थानीयवासी चिन्तित भएका छन् । छाना उडाएका अधिकांश परिवार आर्थिक रुपमा विपन्नसमेत रहेका छन् ।
स्थानीय किसानले लगाएको मुँग, सूर्यमुखी खेती, तरकारी खेती, लिची र आँप खेतीमा समेत हावाहुरीले नोक्सानी गरेको छ । ठाउँ ठाउँमा हावाहुरीले विद्युत्का खम्बाहरु ढाल्दा विद्युत् सेवासमेत गए रातिदेखि अवरुद्ध छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू