मेलम्ची, १० साउन ,, चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार वटा मात्रै कन्टेनर भित्रने गरेका थिए । नेपालबाट सामान लिनका लागि गएको भ्यान खासा पुगेर सामान लिएर फर्किने क्रम बढदै गएको छ । चीनबाट आएका ठूला मालवाहक कन्टेनर सिधै लार्चास्थित सुख्खा बन्दरगाहमा आएर परीक्षण हुने समेत अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा विस्तारै चलह–पहल बढ्दै गएको छ । होटल र खुद्रा व्यापारीसमेत बढ्दै गएका छन् । भूकम्पअघि दैनिक करोडौँ रुपैयाँ राजश्व सङ्कलन हुने गरेका थियो । नाकामा व्यापार बढेपछि राजश्व सङ्कलन पहिलेकै अवस्थामा फर्कने अपेक्षा राखिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू