भद्रपुर, ५ असार ,, झापाका दुईवटा इलाका प्रहरी कार्यालयमा प्रदेश नं–१ सरकारको आर्थिक सहयोगमा बाल उद्यान केन्द्र निर्माण गरिएको छ । बालबालिकालाई प्रहरी हाम्रा साथी हुन् भन्ने भावना जगाउने उद्देश्यले अनारमनी इलाका प्रहरी कार्यालय र धुलाबारी इलाका प्रहरी कार्यालयमा रु दश खालकोे लगानीमा दुबै बाल उद्यान निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रहरी सेवालाई बालमैत्री बनाउनका लागि ती उद्यान निर्माण गरिएको हो । प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको बालबच्चादेखि स्थानीय क्षेत्रका बालबालिकाले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उद्यानमा खल्ने पाउने वातावरण मिलाइएको छ । उद्यानमा चिप्लेटी, चाकचुली, पिङलगायत खेल्ने सामग्री राखिएको छ । उनीहरुको दिनभर रेखदेख गर्र्न र बालबालिकाको जिज्ञासाका उत्तर दिनसमेत एक प्रहरी जवानलाई उद्यानमा खटाइने उहाँको भनाइ थियो । इप्रका धुलाबारीस्थित उक्त उद्यान आज प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुभारम्भ गर्नुभयो । गत चालु आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट जिल्लाका तीन इप्रकामा परीक्षणस्वरुप ती उद्यान बनाइएकामा प्रदेश नं– १ का १४ जिल्लाका प्रहरी कार्यालयमा पनि त्यस्ता उद्यान बनाउने तयारी भइरहेको उहाँको भनाइ थियो । प्रहरी उपरीक्षक मैनालीले अनारमनी र धुलाबारी स्थित ती उद्यान शुभारम्भ गरिए पनि दमक इलाका प्रहरी कार्यालयस्थित उद्यान शुभारम्भ हुन बाँकी नै रहेको बताउँदै चालु आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाका सबै इप्रकामा बाल उद्यान निर्माण गरिने जानकारी दिनुभयो । करेन्ट लागेर मृत्यु झापाको मेचीनगर नगरपालिका–६ का ५५ वर्षीय धनकुमार राईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । बिहान ५ बजे आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाइ तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा बिहान ८ बजे मृत्यु भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले जानकारी दिनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू