०३ माघ २०८१

जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

३ श्रावण २०७६, शुक्रबार ११:३८ मा प्रकाशित

बाजुरा, ३ साउन  ,,  जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ भने अन्य घाइते हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारासहित रहेका छन् । तीमध्ये टक्क ल्वार र अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ । घाइते बाँकी चार जनाको नाम खुल्न सकेको छैन । लगातारको पानीले सडक चिप्लो र उकालो भएकाले उकालोमा चढ्न नसकी चिप्लिएर दुर्घटना भएको बताइएको छ । जीपमा १३ जना सवार रहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter