१२ माघ २०८१

निःशुल्क बिरुवा वितरण

३१ असार २०७६, मंगलवार १५:५३ मा प्रकाशित

दाङ, ३१ असार  ,,  सवडिभिजन वन कार्यालय तुलसीपुरले किसानलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका–९ मा रहेको नवदुर्गा सामुदायिकको नर्सरीमा बिरुवा उत्पादन गरी सोही ठाउँबाट वितरण शुरु गरेको हो । यही असार २५ गतेदेखि शुरु गरिएको बिरुवा वितरणमा हालसम्म ४० हजार बिरुवा वितरण गरिएको सहायक वन अधिकृत विनोदकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस नर्सरीमा कार्यालयले विभिन्न १० प्रजातिका ८० हजार बिरुवा उत्पादन गरेको छ । सहायक अधिकृत शाहले कार्यालय परिसरमा पर्याप्त जमीन नहुँदा आफूहरुले दैनिक नर्सरीबाट बिरुवा वितरण गरिरहेको बताउँदै अझै ४० हजार बिरुवा बाँकी रहेकाले आवश्यकता परे कार्यालयमा आई निवेदन दिन अनुरोध गर्नुभएको छ । कार्यालयले सिसौ, तेजपत्ता, बकाइनो, अमला, बर्रो, मसला, इपिलिपी, सिमल, जामुनो, टिकलगायतका प्रजातिका बिरुवा निःशुल्करुपमा किसानलाई वितरण गरिरहेको छ । यसैबीच तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा विभिन्न फलफूलका बिरुवा वितरण गरेको छ । कार्यालयका प्रमुख दीपक बुढाथोकीले हालसम्ममा आँप, लिची, केरा, अनार, कागतीलगायतका फलफूलका आठ हजार बिरुवा उपमहानगरपालिकाभित्रका १९ वटै वडाका किसानलाई अनुदानमा वितरण गरिएको बताउनुभयो । उहाँले अब कार्यालयमा आँप र लिचीका बिरुवा मात्र रहेकाले इच्छुक किसानलाई सम्र्पक गर्न अनुरोध गर्नुभयो । यता तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष ‘एक घर दुई बिरुवा’ रोप्नुपर्ने नीति लागू गरेकाले नगरवासी विरुवा रोप्न उत्साही भएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter